शनिबार मेचीनगर र बुद्धशान्तिमा दिनभर विद्युत अवरुद्ध हुने

2021-05-14 मा प्रकाशित

मेचीनगर,३१ बैशाख। शनिबार मेचीनगर र बुद्धशान्तिमा दिनभर विद्युत अवरुद्ध हुने भएको छ ।नेपाल विद्युत प्राधिकरण धुलावारी वितरण केन्द्रले दिएको जानकारी अनुसार बिहान ७ वजेदेखि बेलुका ४ बजेसम्म ९ घण्टा विद्युत प्रसारण बन्द हुनेछ ।

नेपाल बिद्युत प्राधिकरण धुलाबारी ३३र११ के।भी। सबस्टेशनको पावर ट्रान्सफर्मरको मर्मत तथा नयाँ सिटि जडान गर्नु पर्ने भएकाले मेचीनगर नगरपालिका तथा बुद्धशान्ति गाउँपालिका क्षेत्रका सबै स्थानमा विद्युत आपूर्ती बन्द हुने जनाएको छ ।साथै काम सम्पन्न भएको खण्डमा जुनसुकै समयमा विद्युत प्रवाह सूचारु गरिनेसमेत वितरण केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु