नगर क्षेत्र भित्र रहेका अति विपन्न परिवारलाई मेचीनगर नगरपालिकाले राहत दिने

2021-05-28 मा प्रकाशित

धुलाबारी, १४ जेठ । लामो समय सम्म लकडाउन हुँदा खाद्यान्न संकटको सामना गरिरहेका मेचीनगर क्षेत्रमा रहेका अति विपन्न परिवारलाई मेचीनगर नगरपालिकाले राहत दिने भएको छ ।
नगरपालिका कार्यपालिकाको केहिदिन अघि बसेको वोर्ड वैठकले नगरका अति विपन्न परिवारलाई राहत दिने निर्णय गरेको हो ।नगरपालिकाका प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले नगरका विपन्न परिवारलाई राहत दिने निर्णय भएको स्पष्ट पारे ।प्रत्येक वडाबाट विपन्न परिवारलाई राहत दिने तयारी गरिएको उनले बताए ।‘फुड बैँक स्थापना गर्ने निर्णय भएको छ’, वस्तीले भने–‘वडामार्फत के कति, कसरी, दिने भन्ने विषयमा छलफल भईरहेको छ । विपन्न परिवारको लगत संकलन गरेर चाडै राहत दिन्छौँ ।’

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु