७० करोड ७७ लाख अनुदान मेचीनगरलाई

2020-05-29 मा प्रकाशित

काकरभिट्टा, १६ जेठ ।आगामी आर्थिक बर्ष २०७७र०७८ का लागि बिहीबार अर्थ मन्त्री डा युवराज खतिवडाले संसदमा प्रस्तुत गर्नु भएको बजेट अनुसार झापाको मेचीनगर नगरपालिकाले ७० करोड ७७ लाख अनुदान रकम पाउने भएको छ । अन्तर सरकारी बित्तिय हस्तान्तरण अन्तर्गत उक्त रकम मेचीनगरले पाउने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

संघीय सरकारले दिने विभिन्न अनुदान रकममा झापामा मेचीनगर नगरपालिकाले सबैभन्दा बढी रकम पाउने भएको छ । मेचीनगरले समानीकरण अनुदानमा २४ करोड ६७ लाख, शसर्त अनुदानमा ४४ करोड १० लाख र बिशेष अनुदान बापत दुई करोड रकम पाउने निश्चित भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
झापाका मेचीनगर पछि दोस्रोमा दमक नगरपालिकाले ६६ करोड २६ लाख रकम पाउने भएको छ । त्यस्तै बिर्तामोड नगरपालिकाले ६० करोड ४८ लाख, शिवसताक्षी नगरपालिकाले ५२ करोड ३० लाख अनुदान रकम संघिय सरकारबाट प्राप्त गर्ने भएका छन ।

त्यस्तै भद्रपुर नगरपालिकाले ४५ करोड २१ लाख, गौरादह नगरपालिकाले ४३ करोड ५६ लाख, अर्जुनधारा नगरपालिकाले ४३ करोड २९ लाख र सबैभन्दा कम कन्काइ नगरपालिकाले ३३ करोड ३८ लाख अनुदान रकम पाउने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु