झापामा पत्रकारको कोरोना बीमासुरु

2020-06-01 मा प्रकाशित

बिर्तामोड, १९ जेठ । नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका सदस्यहरुकोल कोरोना बीमा सुरु गरिएको । पहिलो चरणमा ८० जना पत्रकारको कोरोना उपचार बीमा गरिएको हो ।

महासंघले पहिलो चरणमा उपचार कोषमा आवद्ध भएका ८० जना पत्रकारको बीमा गरेको अध्यक्ष तारामणि सापकोटाले बताए । पेशागत बीमा संघ बिर्तामोड ९इन्स्युरेन्स प्रोफेसन सोसाइटी÷आइपीएस०को सहकार्यमा महासंघले पत्रकारको बीमा गरेको हो ।

पत्रकारको बीमाका लागि पत्रकार महासंघ झापाका अध्यक्ष सापकोटा र उपाध्यक्ष एकराज गिरीले पेशागत बिमा संघ बिर्तामोडका अध्यक्ष सन्तोष उप्रेतीलाई ८० पत्रकारको विवरणसहित रकम प्रदान गरेका थिए ।

बीमा एक लाख रुपैयाँको हुने बताइएको छ । बीमा गरिएका पत्रकारमा कोरोना संक्रमण देखिए एक लाख रुपैयाँ बीमा कम्पनीले उपलब्ध गराउने छ । दोस्रो चरणमा पत्रकार महासंघका अन्य सदस्य र जिल्लामा क्रियाशील पत्रकारको समेत बीमा गरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु