मेचीनगर सहसचिवमा भट्टराईको उम्मेद्वारी घोषणा

2021-09-10 मा प्रकाशित

मेचीनगर । सहिद विष्णुप्रसाद भट्टराईका छोरा विजय भट्टराईले पनि आइतबार हुने नेपाली कांग्रेसको नगर अधिवेशनमा सहसचिव पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् ।

जन्मजातै कांग्रेसमा आवद्व उनी विद्यार्थी जीवनदेखि कांग्रेसमा सक्रिय छन् । उनी सहिदका छोरा समेत हुन् ।

मेचीनगर–१० निवासी उनका बुबा विष्णुप्रसाद भट्टराई २०६२÷६३ को जनआन्दोलनमा सहिद भएका थिए । मेचीनगरको सात दलले विष्णुप्रसादलाई सहिद घोषणा गरेको थियो ।

विष्णुप्रसाद आन्दोलनका बेला अग्रमोर्चामा खटिएका थिए । उनी त्यसदिन बेलुका घर फर्किने क्रममा साइकलमा चारआलीबाट धुलाबारी आउदै गर्दा ह्रदयघात भएर निधन भएको थियो ।

कांग्रेस मेचीनगरको यहि भदौ २७ गते हुने नगर अधिवेशनका लागि मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यका स्वकीय सचिव ९पिए० समेत रहेका भट्टराईले सहसचिव पदमा उम्मेद्ववारी दिने घोषणा गरेका हुन् ।

कांग्रेसको १२ औँ महाधिवेशनदेखि क्रियाशिल सदस्यता रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत उम्मेद्वारी घोषणा गरेका छन् ।

संगठनको हित, संगठन बिस्तार र संगठन मजबुत बनाउदै नयाँ ढाचाबाट पार्टीलाई अघि बढ्नका लागि मेरो पूर्ण योगदान रहने उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु