सहारा साकोस धुलाबारीको एकाई साधारण सभा सम्पन्न

2021-11-01 मा प्रकाशित

धुलाबारी, १५ कात्तिक । सहारा नेपाल ९साकोस० सेवा केन्द्र धुलाबारीको एकाई साधारण सभा आज विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
आफ्नै सभाहलमा आयोजित साधारण सभाको प्रमुख अतिथि मेचीनगर–९ का वडाध्यक्ष गोपाल खड्का थिए ।

कार्यक्रममा कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका ५५ जना सदस्यहरुलाई जनहि ७ हजार रुपैयाँका दरले तीन लाख ८५ हजार वितरण गरिएको थियो ।

त्यस्तै कोरोनाबाट मृत्यु भएका शेयर सदस्य चन्द्रबहादुर मगरकी श्रीमती रेणुका मगरलाई अस्पतालको औषधि खर्च बापत एक लाख ४३ हजार ६६७ रुपैयाँ प्रदान गरिएको थियो ।

कार्यक्रममा केन्द्रका कार्यालय प्रमुख अरुण श्रेष्ठले आर्थिक प्रतिवेदन, बार्षिक प्रतिवेदन संस्थाका कार्यबाहक अध्यक्ष हरिप्रसाद निरौलाले बार्षिक प्रतिवेदन, निती तथा कार्यक्रम शुक्रहादुर तामाङ, लेखा परीक्षण प्रतिवेदन हेमरज गिरी र ऋण उपसमिति प्रतिवेदन भिमबहादुर खवासले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष खड्का, मेची उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक गोपाल वस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, केन्द्रका सल्लाहकार मोहनराज दाहाल, केन्द्र सञ्चालन तथा सहयोग उपसमिति संयोजक भगिरथ शर्मा सुवेदी लगायत तथा एकाई समिति सदस्यहरुको उपस्थिती रहेको थियो ।

संस्थाका कार्यबाहक अध्यक्ष निरौलाको सभापतित्व, स्वागत पर्शुराम तिम्सिना र सञ्चालन शुक्रबहादुर तामाङले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु