मगमग चाउचाउ उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

2022-02-12 मा प्रकाशित

झापा । झापाको एक चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । मेचीनगर नगरपालिका वडा नं।१४ दुहागढी स्थित मगमग चाउचाउ कारखानामा आज विहान करिब ५ बजेदेखि आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा झापा, मोरङ, इलाम र सुनसरी जिल्लाका दर्जनबढी दमकल प्रयोग भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए । उनका अनुसार आगलागी नियन्त्रणमा प्रयास जारी रहे पनि अझै सफल हुन नसकिरहेको जनाए ।

आगलागीबाट मानवीय क्षति नभएको र आगलागीको कारण क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु