मेचीनगरमा एक महिला मृत अवस्थामा फेला

2022-03-09 मा प्रकाशित

झापा । मेचीनगरमा एक महिला मृत फेला परेकी छन् । महिलाको हत्या आशंकामा एक जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार दिउसो घर नजिकैको जंगलमा घाँस काट्न गएकी मेचीनगर–५ स्थित कमल डाँडाकी ६७ वर्षीया अम्बिका कुँवर साँझ मृत अवस्थामा फेला परेकी थिइन् ।उनी घरदेखि ५ सय मिटर पश्चिम पट्टी घोडाजिनको खोल्सीमा मृत अवस्थामा भेटिएकी थिइन् ।

हसिँया लिएर घास काट्न गएकी उनको अनुहारमा चोट, हसियाँ बाङ्गीएको र लछारपछार पारिएको अवस्थामा शव भेटिएको मेचीनगर–छ का वडाध्यक्ष योगेन थापाले बताए ।हत्या भएको आशंकामा २५ वर्षीय एक जना स्थानीयलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको उनले जानकारी दिए । मृतक अम्बिका कुँवर मेचीनगरका उद्यमी जगत कुँवरकी श्रीमती हुन् ।

ती महिलाको हत्या भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी बसन्त पाठकले बताए । घटना बारे थप अनुसन्धान भईरहेको उनको भनाई छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु