केसाङ्ग लामाको एकल नाटक ‘विस्थापन’ प्रदर्शन हुँने

2022-04-16 मा प्रकाशित

काकरभिट्टा, बैशाख ३ । कलाकार तथा निर्देशक केसाङ्ग लामाको नाटक विस्थापन झापाको काकरभिट्टामा प्रदर्शन हुने भएको छ । बैशाख ९ र १० गते झापाको काकरभिट्टास्थीत खानेपानी संस्थाको सभाहलमा नाटक विस्थापन प्रदर्शन गरिने आज आयोजित पत्रकार सम्मेलनमा नाटकका कलाकार तथा निर्देशक लामाले जानकारी दिनु भयो ।

लामाको एकल प्रस्तुती रहने नाकटले नेपालमा भएको राजनितिक परिवर्तन पछि आम जनतामा परिवर्तन आउन नसकेको अवस्थालाई प्रस्तुत गर्ने नाटक प्रदर्शनीका व्यवस्थापक शंकर भट्टराईले पत्रकार सम्मेलनमा बताउनु भयो ।

अविराम नाट्य मञ्चको प्रस्तुती रहेको नाटक विस्थापन एक घण्टा १० मिनेटको हुनेछ । नाटक प्रस्तुतीमा कलाकार लामा मात्रै हुनेछन भने प्राविधिकहरुले नाटक प्रस्तुतीको संयोजनमा सहयोगि भुमिका खेल्ने व्यवस्थापक भट्टराईले जानकारी दिनु भयो ।

बैशाख ९ गते अपरान्ह ३ बजे बिषेश प्रदर्शनी र बैशाख १० गते बिहान १० बजे पुन प्रदर्शनी हुने नाटकका लेखक, निर्देशक तथा कलाकार लामा करीब ३० बर्षदेखि कला क्षेत्रमा क्रियाशील कलाकर्मी हुनुहुन्छ ।

मेचीनगर ६ नकलबन्दाका स्थानीय समेत रहनु भएका लामाको यो नाटक २८ औं प्रस्तुती रहेको छ । नाटकको टिकट शुल्कबाट उठेको रकमलाई खर्च कटाएर मेचीनगरमा कला प्रतिष्ठान निर्माणको शुरुवात गर्न खर्च गरिने कलाकार लामाले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु