मेचीनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

2022-04-21 मा प्रकाशित

मेचीनगर, ८ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बिहीबार देशभरि एकैचोटी मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि झापामा पनि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो ।

मेचीनगरमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । निर्वाचन अधिकृत वेदराज फुयालको कार्यालय मेचीनगर नगरपालिका कार्यालयको माथ्लो तलामा स्थापना गरिएको हो ।

उनले कार्यालयको स्थापनासँगै मेचीनगरका राजनीतिक दल, सञ्चारकर्मी र नगरपालिकासँग समन्वय गरेर काम गर्ने बताए ।

कार्यक्रममा फुयालले स्थानीय तह निर्वाचन कार्यक्रम, उम्मेद्वार स्वघोषणा फारम र आचारसंहिताका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेतीले निर्वाचन कार्यालयलाई आफ्नो कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने बताएका थिए ।

कार्यक्रममा मेचीनगरका सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा निर्वाचन आचारसंहिता पालना गर्ने र शनिवार २ वजे पुनः राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गर्ने सहमति समेत भएको छ ।

कार्यक्रमको अध्यक्षता निर्वाचन अधिकृत फुयाल र सञ्चालन सहायक निर्वाचन अधिकृत रेवन्त भट्टराईले गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु