गिरीले दिए उपाध्यक्ष पदबाट राजीनामा

2022-04-21 मा प्रकाशित

मेचीनगर, ८ बैशाख । हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले पदबाट राजीनामा दिएका छन् ।

आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको काममा खटिनु पर्ने भन्दै बिहीबार गिरीले राजीनामा दिएका हुन् ।

पहिलो स्थानीय तहको चुनावमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष बनेका गिरीले गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनलाई सम्बोधन गरेर राजीनामा पत्र बुझाएका हुन् ।राजीनामा पत्रमा निर्वाचित मितिले करिब ५ बर्षसम्म नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा अन्य संघीय÷प्रादेशिक कानून तथा स्थानीय कानूनले सुम्पेको काम, कर्तव्य, अधिकार र जिम्मेवारी बहन गर्दै आइरहेकोमा आसन्न स्थानीय तहको निर्वाचन, २०७९ मा पार्टीको काममा खटिनुपर्ने अवस्था सिर्जना भएकाले राजीनामा दिनु परेको उल्लेख छ । गिरीले अब हल्दिबारी गाउँपालिका अध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु