मेचीनगर ५ मा गठबन्धनको घरदैलो अभियान

2022-04-30 मा प्रकाशित

सुरेन्द्रनगर । गठबन्धन दलको तर्फबाट मेचीनगर ५ मा उम्मेदवारहरुले घर दैलो अभियानलाई तीब्र पार्न थालेका छन् ।

शुक्रबारबाट सुरु भएको अभियान शनिवार वडाका बिभिन्न टोलमा पुगेर चुनावी लहर सिर्जना गरिरहेको छ । मतदाताका घर घरमा पुगेका उम्मेद्वारहरुले गठबन्धनका सम्पूर्ण उम्मेद्वारहरुलाई अमूल्य मत दिएर विजयी गराउन आग्रह गरिरहेका छन् ।

गठबन्धनको तर्फबाट वडाध्यक्षमा योगेन्द्र थापा छन् । थापा यस अघि २०७४ सालमा भएको निर्वाचनमा निर्वाचित भएर वडाध्यक्षको जिम्मेबारी सफलता पूर्वक पुरा गरिसकेका छन् । वडा सदस्यहरुमा सुभाष लिम्बू, चन्द्रकला विक, दुर्गा देवकोटा र उमेश उप्रेती रहेका छन् । शनिवार गैरी गाउँ, पाथीभरा टोल, राम मन्दिर टोल लगायतका क्षेत्रमा मतदाताहरुसँग प्रत्यक्ष भेटघाट गरेको र उत्साहवर्धक रुपमा स्थानीयहरुले सहभागिता जनाएको नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधि कृष्ण पौडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु