मेचीनगर १२ मा गठबन्धनको घरदैलो अभियान

2022-05-01 मा प्रकाशित

चारआली । मेचीनगर १२ मा गठबन्धनका उम्मदवारहरुले आइतबार देखि घर दैलो अभियान सुरु गरेका छन् ।
साविक धाइजन –६ को पारुहाङ चोक देखि सरु भएको घर दैलो अभियान साविक धाइजन –५ को कान्छा धिमाल टोल र माथिल्लो धिमाल टोलका प्रत्येक घर–घरमा पुगेर उम्मेदवारहरुले भोट मागेका थिए ।

सो वडामा गठबन्धनका तर्फबाट वडाध्यक्षमा नरेन्द्र धिमाल, वडासदस्यहरुमा रुपेश मेचे, राजकुमार मेचे, दलित महिला सदस्यमा लिला बराइली, र खुल्ला महिला सदस्यमा शान्ति भूजेल राई रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु