मेची उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक गोपाल वस्नेतलाई मातृशोक

2022-05-15 मा प्रकाशित

मेचीनगर, १ जेठ । मेची उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक गोपाल वस्नेतलाई मातृशोक परेको छ । उनकी ९६ वर्षीया आमा नन्दनकुमारी वस्नेतको आइतबार विहान १० वजे मेचीनगर–१० स्थित निजी निवासमा निधन भएको हो ।

१९८३ साल पुस ७ गते जन्मनु भएकी नन्दनकुमारीको बुढौलिका कारण निधन भएको परिवारले जनाएको छ । उनको आज दिउँसो धुलाबारी स्थित निन्दा खोलाको रामघाटमा अन्त्यष्टि गरिएको छ ।

नन्दनकुमारीका श्रीमानको यसअघि नै निधन भइसकेको छ । उनका एकमात्र छोरा गोपाल वस्नेत हुन् । गोपाल बाणिज्य संघका कार्यकारी निर्देशक हुन् । विभिन्न सामाजिक संघ–संस्थामा आवद्व छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु