लायन्स क्लब मेचीनगरको स्थापना दिवसमा अपांगता भएका बालबालिकालाई सहयोग

2022-07-17 मा प्रकाशित

मेचीनगर । लायन्स क्लब अफ मेचीनगरले आइतबार मेचीनगरको इटाभट्टास्थित समाजसेवा युवा संघ अपांग सहयोग समितिमा आश्रित बालबालिकासँग आफ्नो चौथो स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा लायन्सले उक्त संस्थालाई ४० हजार रुपैयाँ बराबरको खाद्यान्नसहित स्टेसनरी सामग्री सहयोग गरेको छ । सोही अवसरमा लायन्स क्लब अफ मेचीनगरले केक काटेर अपांगता भएका बालबालिकालाई खुवाएको छ । लायन्स क्लब अफ मेचीनगर सामाजिक क्षेत्रमा क्रियाशील हुँदै आएको छ ।
लायन्स क्लब अफ मेचीनगरका अध्यक्ष मोहन मैनालीको अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रममा लायन्स क्लबका संस्थापक अध्यक्ष शंकर थापा, समाजसेवी डा. शरदचन्द्र राई, अपांग सहयोग समितिका सञ्चालक गंगा संग्रौलालगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा लायन्सका निवर्तमान अध्यक्ष सन्तोष आचार्य, प्रथम उपाध्यक्ष रोशन प्रधान, द्वितीय उपाध्यक्ष नवराज प्रधान, लियो क्लब अफ लायन्स मेचीनगरका अभिजित दवाडी, आशिष पौडेल तथा लायन्सकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन लायन्स क्लबका सचिव सजित तामांगले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु