दुर्घटनामा घाइते भएका सिटी चालक जंगबहादुरलाई सम्मान

2022-09-06 मा प्रकाशित

मेचीनगर, २१ भदौ । मेचीनगर टेम्पो ई–रिक्सा एण्ड अटो यातायात प्रालि काँकरभिट्टाले दुर्घटनामा गरेर दुघाइते बनेका सिटी चालकलाई सम्मान गरेको छ ।
मंगलबार काँकरभिट्टा बसपार्कमा आयोजित कार्यक्रममा प्रालिले दुर्घटनामा घाइते मेचीनगर–७ निवासी सिटी चालक जंगबहादुर गुरुङलाई नगद १० हजारसहित सम्मान गरेको हो ।

सम्मानित सिटी चालक गुरुङ २०७८ माघ १६ गते काँकरभिट्टाबाट घर जाने क्रममा टोकला चिया बगान छेउमा मोटरसाइकलसँग ठोकिएर दुर्घटनामा परेका थिए ।

उनको देव्रे पटिको ९ वटै करङ भाचिएको थियो । विराटनगर स्थित नोवेल मेडिकल अस्पतालमा लामो समयको उपचारपछि निको भएर भर्खरै घर आएका थिए ।

कार्यक्रममा प्रालिका दुर्घटना उपसमितिका संयोजक एकराज तिम्सिना, सिटी चालक गुरुङ लगायतले बोलेका थिए ।

मेचीनगर टेम्पो ई–रिक्सा एण्ड अटो यातायात प्रालिका अध्यक्ष गणेश चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत दुर्घटना उपसमितिका सहसंयोजक विवेक लिम्बुले र सञ्चालन सचिव दावा तामाङले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु