डिल्लीराम कट्टेल स्मृति प्रतिष्ठान गठन, अध्यक्ष्मा राम कट्टेल

2022-10-20 मा प्रकाशित

बाहुन्डाँगी । स्व. समाजसेवी डिल्लीराम कट्टेलको सम्झनामा परिवारले स्मृति प्रतिष्ठान गठन गरेको छ । हालै कट्टेल परिवारको बाहुण्डाँगीमा सम्पन्न भेलाले प्रतिष्ठानको अध्यक्षमा राम कट्टेललाई सर्वसम्म चयन गरेको छ । प्रतिष्ठानको उपाध्क्षमा लिला कुमार कट्टेल, सचिवमा डा. शेखर कट्टेल, कोषाध्यक्षमा संगीता कट्टेल उप्रेती सर्वसम्मचत चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सविता कुमारी कट्टेल, यसोदा कट्टेल , इन्जिनियर तारा प्रसाद कट्टेल, बिमु कट्टेल, रितेश कट्टेल, सुस्मा कट्टेल भट्टराई , डा.गौरव कट्टेल, प्रियङ्का कट्टेल, सरु कट्टेल, बविना कट्टेल, केशव कट्टेल , आर्यन कट्टेल, रोश्नी कट्टेल र श्रृजना कट्टेल रहेका छन् । प्रतिष्ठानको प्रमुख संरक्षकमा ललित प्रसाद कट्टेल र संरक्षकमा डम्मरी कट्टेल रहेकी छिन् ।
नवगठित प्रतिष्ठानको अध्यक्ष राम कट्टेलले विकास निर्माणको लागि बुबा डिल्लीराम कट्टेल प्रेरणको श्रोत भएको दावी गरे । १८ वर्ष प्रधानपञ्च को जिम्मेवारी सम्हाल्दा उहाँले समाजमा पुर्याउनु भएको योगदान आज पनि बाहुन्डाँगीवासीले स्मरण गरिरहेको र उहाँले देखाउनु भएको बाटोमा परिवारका सबै सदस्य अघि बढेको बताए ।
कार्यक्रमको सञ्चालन रितेश कट्टेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु