आदर्श विद्यामन्दिरको तिहार विशेष कार्यक्रम तथा पुरस्कार वितरण

2022-10-21 मा प्रकाशित

धुलाबारी । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पूर्व संन्ध्यामा मेचीनगर–९ स्थित आदर्श विद्यामन्दिर अंग्रेजी माविले विविध कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार विद्यालय परिषरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको एकल तथा सामुहिक नृत्य प्रस्तुत गरिएको थियो । विद्यार्थीहरुले तिहारका गीतहरुमा छमछमी नाचेका थिए ।


सो अवसरमा विद्यालयले दोस्रो त्रैमासिक परीक्षामा कक्षा उत्कृष्ठ अंक ल्याउने विद्यार्थी, कविता प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, हेण्डराइटिङ प्रतियोगिता लगायत विद्यालयका आन्तरिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालको प्रमुख आतिथ्य एवम् विद्यालयका प्रिन्सिपल कविन्द्र श्रेष्ठको सभातित्वरहेको कार्यक्रममा प्रमुख अतिथि बरालले सबै विद्यामा उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान पत्र तथा मेडल प्रदान गरेका थिए ।
सो अवसरमा विद्यालयकी सहायक प्रिन्सिपल खीला खनालले कार्यक्रमको औचित्य माथि प्रकास पारिन् । विद्यालयकी छात्रा प्राश्ना तामाङले स्वागत गरेको कार्यक्रको सञ्चालन कक्षा ७ की छात्रा द्धय आयुसा राई र दिब्याङ्का खत्रीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु