चुनावी परिचालन संयुक्त कमिटीको संयोजकमा कमल मिश्र

2022-10-31 मा प्रकाशित

धुलाबारी, १४ कार्तिक । नेकपा एमाले र राप्रपाले संयुक्त चुनावी परिचालन कमिटी गठन गरेको छ ।

धुलाबारीमा सोमवार वडा कमिटीको संयुक्त भेलाले एमाले नेता कमल मिश्रको संयोजकत्वमा ५०१ सदस्यीय चुनाव परिचालन कमिटी गठन गरेको हो।

झापा क्षेत्र नं.१ मा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेद्वार अग्नि खरेल र प्रदेश १ निर्वाचन क्षेत्रका नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेद्वार रबिन कोइरालालाई शानदार बहुमतका साथ बिजयी गराउन दुबै पार्टीको सम्पूर्ण शक्ति परिचालन गरिने संयोजक कमल मिश्रले बताए ।

संयुक्त परिचालन कमिटीमा नेकपा एमाले र राप्रपाका अग्रज तथा युवा नेताहरु समेटिएका छन् । सोही बैठकले मिश्रकै संयोजकत्वमा सचिवालय कमिटी चयन गरेको छ । जसको सदस्य सचिवमा धर्मेन्द्र खड्का रहेका छन् ।बैठकको अध्यक्षता एमालेका वडा कमिटी अध्यक्ष बलराम चिमरियाले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु