बौद्धमोड इङ्लिस स्कुलमा विज्ञसँग विद्यार्थी कार्यक्रम आजबाट सुरु

2022-11-11 मा प्रकाशित

बौद्धमोड । बौद्धमोड इङ्लिस बोर्डिङ स्कुलले किरात धर्मका धर्मगुरु,समाज सुधारक तथा राष्ट्रिय विभूति माहागुरु फाल्गुन्नद को १३८ औं जन्मजयन्ति बिबिध कार्यक्रमका साथ मनाएको छ।
विद्यार्थीहरुको सिकाइलाई थप प्रभावकारी बनाउन विद्यालयले विज्ञसँग विद्यार्थी कार्यक्रम आजबाट सुरु गरेको छ ।

मेचीनगर वडानम्बर –२ का वडाध्यक्ष दीपक बराल प्रमुख आतिथ्य रहेको कार्यक्रममा वडाध्यक्ष बराल सँग स्थानीय तहको बारेमा विद्यार्थीहरुले जिज्ञासा राखेका थिए । अन्तरक्रियात्मक कार्यक्रममा प्रमुख अतिथि बरालले विद्यार्थीका जिज्ञासा मेटाएका थिए । अन्तरक्रियात्मक कार्यक्रम पछि विद्यालयले सौरभ नमुना बोर्डिङ स्कुल संँग मैत्रीपूर्ण खेल आयोजना गरेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका साहयक प्र.अ रोशन धिमिरेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु