अपांगता भएका मानिसहरूलाई सम्मान जनक व्यवहार गर्नुपर्छ : उपप्रमुख उप्रेती

2022-12-04 मा प्रकाशित

झापा । मेचीनगर नगरपालिकाकि उपप्रमुख मीना पोखरेल उप्रेतीले अपांगता भएका मानिसहरू प्रति समाजले हेर्ने दृष्टिकोण सकरात्मक नभएको बताउँदै त्यसलाई सबैले परिवर्तन गर्नुपर्ने बताएकी छिन् ।अपांगता भएका मानिसहरूलाई हेर्ने दृष्टिकोण अहिले पनि समाजमा फरक रहेको बताउँदै उप प्रमुख उप्रेतीले जुनसुकै कारणले शारीरिक रूपमा अशक्त भएको भएता पनि उनीहरूको यस समाज र राष्ट्र प्रति कहीँ कतै योगदान रहेको बताइन् ।

३१ औं अपांगता दिवासको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै कार्यवाहक नगर प्रमुख समेत रहेकी उप्रेतीले स्थानीय सरकारको तर्फबाट आफुले गर्नुपर्ने आवश्यक साथ र सहयोग सदैव गर्ने प्रतिबद्धा जाहेर गरिन् ।

मेचीनगर १० स्थित काली मन्दिरदेखि ढाटसम्म र्याली पश्चात् आयोजना भएको कार्यक्रममा उपप्रमुख उप्रेती, स्थानीय जनप्रतिनिधि विशाल कार्की, समाजसेवी सानुकुमार लिम्बूलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

राम बुढाथोकीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा काँकडभिट्टा बहुमुखी क्याम्पस प्रमुख लक्ष्मी उप्रेती, अपांग महासंघ झापाका पुर्व अध्यक्ष सचिन निरौला, नेपाल राष्ट्रिय अपांग पुर्नस्थापना समिति अध्यक्ष युवराज बस्नेतलगायतको आतिथ्यता रहेको थियो ।

समाजसेवी रोस्नी खनालले स्वागत गरेकी कार्यक्रम सञ्चालन लक्ष्मीप्रसाद कडरियाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु