बौद्वमोड स्कूलको निशुल्क आँखा शिविर

2022-12-17 मा प्रकाशित

बौद्वमोड,२ पुस ÷ मेचीनगर–२ स्थित बौद्वमोड इङ्लिस बोर्डिङ स्कूलको आयोजनामा शनिवार निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
विद्यालय परिषरमा आयोजित शिविरमा विद्यार्थी, अभिभावक तथा स्थानीय ५०० जनाको आँखा परीक्षण गरिएको थियो । शिविरमा मेचीनेत्रालयको प्राविधिक सहयोग रहेको थियो भने औषधि समेत अस्पतालले निशुल्क उपलब्ध गराएको थियो । शिविरमा सहभागि मध्ये ११ जनाको आँखामा जटिल समस्या देखिएकोले प्राविधिकहरुले तत्काल शल्यक्रिया गर्न सुझाएका थिए । नेत्रालयले भोलि आइतबार उनीहरुको निशुल्क शल्य क्रिया गरिदिने भएको आयोजकले जनाएको छ ।


शिविरमा चश्मा आवश्यक पर्ने आँखाका रोगीहरुलाई हेल्पिङ ह्यन्ड्स सामुदायिक अस्पताल चावहिल काठमाडौंले आवश्यक चश्मा निशुल्क उपलब्ध गराएको थियो ।
मेचीनगर २ का वडाध्यक्ष दीपक बरालको प्रमुख आतिथ्यता तथा बौद्वमोड इङ्लिस बोर्डिङ स्कूल व्यवस्थापन समितिका अध्यक्ष नारद ढुंगानाको सभापतित्व रहेको कार्यक्रममा विशेष अतिथि श्रदेय आश्रम धुलाबारीकी प्रमुख प्रभारी महात्मा सुवर्ण बाइजी, नेपालमानव धर्म सेवासमिति धुलाबारीका अध्यक्ष दशरथ राई लगायतले बोलेका थिए ।
कार्यक्रममा नेपाल मानवधर्म सेवासमितिका केन्द्रीय सल्लाकार अशोक सुब्बा, पूर्व केन्द्रीय सदस्य पदम थापा, मेची अञ्चल सचिव कमल पौडेल, समाजसेवी केशरबहादुर बस्नेत , तुलसी ढुंगाना, पूर्णबहादुर खड्का, कुमार ढुंगाना, बौद्वमोड कृषिसहकारी संस्थाका अध्यक्ष नरेन्द्र काफ्ले, बौद्वमोड विकास संस्थाका अध्यक्ष छविलाल काफ्ले, मेचीनगर –२ का वडासदस्य बेनुप राई, नरेन्द्र न्यौपाने, ३ का वडासदस्य ख्याम सुब्बा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको औचित्यमाथि विद्यालयका सञ्चालक सचिन निरौलाले प्रकाश पारेका थिए । विद्यालयकी प्रिन्सिपल भावना राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन साहयक प्रिन्सिपल रोषन घिमिरेले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु