मतपरिणामले दलहरूलाई दिएको सुझाव

2022-12-17 मा प्रकाशित

२०७९ मङ्सिर (४ को निर्वाचनले एक किसिमको तरङ्ग ल्याएको छ, २०६२् |0६३ को मधेस आन्दोलनले सङ्घीय गणतन्त्र स्थापना गर्न सफल बने पनि समग्र मधेसको विकासको लागि मधेसबादी दलहरू खडा भए, नेपाली काङ्ग्रेसबाट छुट्टिएर गएको महन्त ठाकुरको पार्टी लोसपा , कम्युनिष्ट बिचारधारा राख्ने उपेन्द्र यादवको पार्टी जसपा , रेशमलाल चौधरीको थरूहट , सि के राउतको नागरिक उन्मुक्ति पार्टी छन भने अर्का झन गजबका व्यक्ति रहेछन पार्टी खोल्ने तर आफ्नो चुनाव चिन्हबाट निर्वाचन नलड्ने ह्रिदयेस त्रिपाठी , र राप्रपा नेपालका अध्यक्ष कमल थापा ूसूर्यू चिन्हबाट निर्वाचनमा भाग लिने । अब यस्ता क्षेत्रीय पार्टीको काम छैन भनेर मतदाताले मतदान मार्फत सुझाव दिएको पाइन्छ।
२०६३ मङ्सिर(५ को बिस्तृत शान्ति सम्झौता पछि जङ्गलमा भएका माओवादीलाई सिंहदरबार ल्याएको दिन , सरकार पक्षबाट तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला र बिद्रोही पक्षबाट पुष्पकमल दाहाल प्रचण्ड ले शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि देशले नयाँ मोड लिएको थियो, सरकारले माओवादी साथै सर्वसाधारणलाई र माओवादीले सेना, प्रहरी र सर्वसाधारणलाई मार्ने र मर्ने प्रकृया रोकिएको दिन थियो । २०६४ साल चैत(२८ गते सम्बिधानसभाको निर्वाचन भयो, प्रत्यक्ष तर्फ(१२० सिटमा बिजय हासिल गरेपछि सरकार त बनायो , पशुपतिको पुजारी र सेनाको प्रधान सेनापतिलाई चलाउदा सरकारबाट राजिनामा दिनु पर्यो । क्रमश माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सम्म प्रधानमन्त्री बने पनि सम्बिधान बन्न सकेन । उक्त निर्वाचनमा नेपाली काङ्ग्रेस प्रत्यक्ष तर्फ (३७ सिटमा खुम्चिन पुगेको थियो।
ूप्रधानमन्त्री भट्टराईले संविधानसभा भंग हुन भन्दा केही मिनेट अघि नै राष्ट्रपति डा।रामवरण यादवलाई शीतल निवासमा त्यो पत्र बुझाए । पत्रको सार यस्तो थियो, ुअर्को संविधान सभाको निर्वाचन २०६९ मंसिर ७ गते बिहीबार हुनेछ।ू यसरी सम्बिधानसभा बिघटन बनेको इतिहास छ।
कम्युनिष्ट पार्टीका अन्तिम प्रधानमन्त्री बाबुराम भट्टराईले त्यसपछि जनताको सम्बिधान जनताका प्रतिनिधिले बनाउने सपना अधुरो हुने भएपछि सबै राजनैतिक दलहरूको सहमतिको आधारमा सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश खिलाराज रेग्मी लाई मन्त्रीपरिषदको अध्यक्ष बनाई त्यही सरकारले दोस्रो सम्बिधान सभाको निर्वाचन गर्ने सहमति गरेका थिए ।
मुलुकमा पुनः २०७० मङ्सिर ४ गते दोस्रो संविधानसभाको निर्वाचनको तयारीमा निर्वाचन सम्पन्न गर्ने जिम्मा लिएको संवैधानिक अङ्ग( निर्वाचन आयोग, सरकार र राजनीतिक दलहरू जुटेका थिए। नेपालको अन्तरिम संविधान २०६३ को भाग ७, धारा ८३ अनुसार संविधानसभाले नै मुलुकको व्यवस्थापिका संसदको कार्य समेत गर्ने जिम्मेवारी पाएकाले दोस्रो संविधानसभाको निर्वाचन थप महत्त्वपूर्ण बन्न पुगेको छ।


यसरी २०७२ असोज(३ गते तत्कालिन प्रधानमन्त्री स्वर्गिय शुशिल कोइरालाले संसदमा उपस्थित करिब नब्बे प्रतिशत सासंदलाई सहभागी गराएर सम्बिधान जारि भएको घोषणा गरेका थिए ।
नेपालको सम्बिधान(२०७२ जारी भयो, यो सम्बिधानलाई ऐन नियम संग नबाझिने गरि कानुन बनाएर कार्यान्वयन गर्नका लागि २०७४ मङ्सिर(१० र (२१ गते गरि दुई चरणमा निर्वाचन हुनेगरि घोषणा भयो । सरकारमा सहभागी भएको पार्टी माओवादी केन्द्रले नेपाली काङ्ग्रेस संग तीस प्रतिशत सिट माग गरेको थियो , पार्टीले पच्चिस प्रतिशत मात्र दिने भनेपछि , नेकपा माओवादी केन्द्रले एमाले संग पनि वार्ता चलाईरहेको रहेछ । नेकपा एमालेले चालिस प्रतिशत सिट दिने निर्णय दिए पछि ूकाङ्ग्रेससंग सगै सुतेको गोडालाई थाहा नपाउने गरि सरल्लक्क पन्छाएरू नेकपा एमाले संग निर्वाचनमा तालमेल गरेर निर्वाचनमा भाग लिन पुग्यो, निर्वाचन भयो परिणाम अनुसार नेकपाले १७४ सिट हासिल गरेको थियो । सरकार बनेपछि दुई पार्टीबीच एकिकरण गर्ने सहमति बन्यो र नेकपा बन्यो ।
नेकपाको अध्यक्ष केपी शर्मा ओलीले २०७७ पौष (५ गते पहिलो पटक र २०७८ जेठ( ८ गते दोस्रो पटक संसद बिघटन गरेपछि सडक सदन र अदालत गई बिघटनको बिपक्षीमा आन्दोलन शुरू भयो । अदालतले संसद पुनर्स्थापित गरेपछि नयाँ समिकरण अनुसार पाँचदलीय गठबन्धन बन्यो , उक्त गठबन्धनले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि उनकै नेतृत्वमा पाँचदलीय सरकार बन्यो र सोही सरकारले यही २०७९ मङ्सिर ( ४ गते सङ्घीय र प्रदेश सभाको निर्वाचन गराएको छ । नागरिक्ता बिधेयकमा एकसाथ रहेको जसपा सिट बॉडफॉडमा आफ्नो पार्टी अनुकुल सिट नपाएपछि गठबन्धनमा हेरफेर पनि भएको छ, जसपा र लोसपा प्रत्यक्ष उदाहरण बनेका छन । जसपा पाँचदलीय गठबन्धनबाट बाहिरियो भने लोसपा पाँचदलीय गठबन्धनमा आवद्ध हुन पुग्यो।
पाँचदलीय गठबन्धनबाट सिट बॉडफॉड गरि निर्वाचनमा दलहरू सहभागी बने , एमाले पनि स(सना दलहरू लिएर नौ दलीय गठबन्धन गरि निर्वाचनमा सहभागि बन्यो , मङ्सिर(४ को निर्वाचनको मत परिणाम पुरै आएको छैन ,यो निर्वाचन परिणामले धेरै उथलपुथल गरि दिएको छ। मतदाताहरू अब कसैको गोजीबाट निकालेर दिएको पैसा जस्तो हैन रहेछ भन्ने मतपरिणामले देखाएको छ ।
माथि उल्लेख गरिएका मधेसवादी दलहरू २०६४ को निर्वाचन देखि नै मधेसको हक र हितका लागि हैन कसरी सत्तामा पुगिन्छ भनेर टुटफुट भई रहदा यो निर्वाचनले मधेसवादी दललाई मतदाताले मतदान मार्फत तिरस्कार गरेका छन । अब मधेसवादी दल एकहुन पनि सक्दैनन, र उनीहरूबाट मधेस र मधेशी जनताको लागि कुनै हित हुदैन भन्ने उनीहरूको ब्यबहारले पुष्टि गरिसकेको छ ।
माओवादी बिद्रोह २०५२ फागुन १ गतेदेखि शुरू भयो । यो आन्दोलन २०६३ मङ्सिर(५ गते बिस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि संसदीय प्रणालीलाई अंङ्गालेको छ । सम्बिधान बनाउदा माओवादी पार्टीको अहम भूमिका रहेको थियो । त्यसपछिका निर्वाचनहरूमा पटकर पटक भाग लिई सकेको छ । २०६४ को निर्वाचनमा सम्बिधानसभामा मतदाताले सबै भन्दा ठूलो दल बनाएकै कारण सम्बिधान बन्न नसकेको पुष्टि भएको थियो । त्यसपछिका २०७० ,२०७४ र २०७९ को समेत गरि तीन वोटा निर्वाचन भई सकेको छ । स्थानीय तहको दुई पटक ९ २०७४ र २०७९ बैशाख ३० गते ० निर्वाचन भई सकेको छ। यसरी निर्वाचनको तुलना गर्दा २०६४ पछिका सबै निर्वाचनमा माओवादी पार्टीको जनाधार घट्दै जानुको कारण पार्टीले खोजि गरेन, जुन पार्टी संग गठबन्धन गरे पनि माओवादी पार्टीको जनाधार किन घटि रहेको छ कुनै नेताले बिश्लेषण गरेको पाइएन ,खालि सत्तालाई मात्र प्रमुख बनाउदा पार्टीको स्थिति मर्जरमा जाने अवस्था बनि सकेको देखिन्छ । यो किन र कसरी भयो भन्ने अध्यक्ष देखि कुनै नेताले बिश्लेषण गरेको पाईदैन।
हिजो राज्यको ब्यबस्था बदल्ने क्रममा राज्य संग मात्र लड्ने र भिड्ने गरेको थियो भने यो स्थिति आउदैन थियो। प्रत्यक्ष सोझा सिधा जनतालाई अप्ठेरो पारेर , पैसा असुलेर, तास खुवाएर, भाटे कार्यवाही गरेर जनतालाई आतङ्कित बनाएका कुरा मतदाताले भुलेका रहेनछन ।
एउटा उखान छ स्( ूखुकुरीले अचानोमा हानेको चोट खुकुरीले बिर्सन्छ, तर अचानोले बिर्सिएको हुदैनू
यही भएर मतदाताहरूले जनाधार घटाई रहेको अवस्थालाई नबुझ्नु नेतृत्वको कमजोरी देखिन्छ।
तत्कालिन अवस्थामा माओवादी भनेको हतियार थियो, अर्थात हतियारले मालिक चिन्दैनथ्यो । यो मेरो मालिकले ल्याएको हतियार हो मैले उसलाई हान्नु वा काट्नु हुदैन भन्ने ज्ञान हुदैन , आफै तिर पनि फर्कन सक्छ । सर्वसाधारणलाई यसरी गरेको गल्तीको लागि नेतृत्वबाट तीन तीन पटक निर्वाचन भई सक्दा पनि आम जनता संग माफि मागेर मत मागेको देखिएन । हामी र हाम्रो पार्टीलाई मतदान गर्नुहोस हामी संसदीय ब्यबस्थालाई अङ्गीकार गरि सकेका छौ हाम्रो तर्फबाट कहिले पनि पुन स् त्यस प्रकारको गल्ती दोहोर्याउने छैनौ भनेर गल्तीलाई स्विकार गरिएको सुनिएन, सङ्घीय र प्रदेश निर्वाचनमा उमेदवार उठाउदै गर्दा प्रचारप्रसारको क्रममा ूहिजो ब्यबस्था बदल्न लागि परेका थियौ, उक्त क्रममा सर्वसाधारणलाई हामीले गरेको गल्तीको कारण प्रत्येक निर्वाचनमा जनाधार घटि रहेकोले आम मतदाता समक्ष हामी माफि माग्दछौ । हामीले शान्ति सम्झौतामा खेलेको भूमिका अहम रहेको छ । हामीले शान्ति सम्झौताका लागि गरेको ठूलो योगदान र स्वर्गिय गिरिजाप्रसाद कोइरालाको नेपाल र नेपालीको हित र शान्ति सुरक्षाका लागि गरेको प्रयासले नै सम्भव भएको थियो । २०६३ मङ्सिर(५ गते नै नीतिले एक ठाउँमा आएका थियौ , हामीलाई बिश्वास गर्नुहोस हामीले हाम्रो गल्ती स्विकार गरी सकेका छौ, हामीलाई मतदान गर्न अलिकति पनि नहिचकिच्याउनुहोस भनि भनेको कही कतै सुनिएन , यो निर्वाचनमा समानुपातिक तर्फ आएको मतले मेरो पार्टीको सङ्गठन कस्तो बनिसकेको रहेछ भनेर टाउकोमा हात राखेर बिश्लेषण गर्नु शिवाय अरू केही हुनेवाला छैन । त्यसैले आफुसंग भएको दश केजी परिमाणमा अर्को साथीले चालिस केजी थपगर्दा पनि माथी उठ्न नसके पछि काङ्ग्रेसलाई दोष दिनु भनेको गलत बुझाइ हो । यही बिषयलाई लिएर एमालेका योगेश भट्टराईले गठबन्धन भत्काउने खालको अभिव्यक्ति दिएको भिडियो सुन्न पाउछौ ।
नेकपा एमालेका नेताहरू आफूलाई सबै बिद्वान र बुद्धिजीवी नै ठान्दछन , उनीहरू ूमाछा देख्दा भित्र हात, सर्प देख्दा बाहिर हातू गर्ने प्रबृतिका छन । गालीगलौचको भाषा त उनीहरूको पार्टीमा सामान्य बनि सकेको छ । त्यसैले एमालेलाई सुझाव दिनु भनेको आफु गलत साबित हुनु हो , त्यसो भएको हुदा त्यस पार्टीका बिजयी युवा साथीहरूले आफै बिश्लेषण गर्नुहोस , देशलाई मुख्य बिन्दुमा राखेर कसरी अघि बढ्न सकिन्छ रु यस बिषयमा पार्टीको युवा पङ्क्तिले घनीभूत छलफल गर्नुपर्ने ठान्दछु ।दलहरू नसच्चिने हो भने पार्टीको हालत मतदाताले मतदान मार्फत देखाउनेछन। कार्यकर्ता मात्र रहेर निर्वाचनमा बिजयी हासिल गर्न सकिदैन । पार्टीले देश बनाउने नै हो यो बिषयमा जोड दिए राम्रो नै हुन्थ्यो।
म मेरो पार्टी नेपाली काङ्ग्रेसलाई केही सुझाव दिन चाहान्छु, निर्वाचन परिणामले काङ्ग्रेसलाई खासै उत्साह दिएको जस्तो लागेन, अब चिना टिप्पण र ज्योतिषलाई देखाएर प्रधानमन्त्री बन्ने दिन सकियो , आवश्यक परे ज्योतिष पनि देखाउनु पर्छ , प्रधानमन्त्री भई सकेका र बरिष्ट नेताको दर्जा पाएका साथै योजना नभएका सम्माननीयहरुलाई बिश्राम लिएर सल्लाहकारको भुमिका निर्वाह गर्न आग्रह गर्दछु । निर्वाचन परिणाम दिने मतदाताहरूको आकर्षण के रहेछ भनेर बुझ्न पनि आग्रह गर्दछु । मतदाताले २०४८ सालदेखि लगातार सासद बनेर केही नगर्ने नेताहरूलाई मतदाताले अस्विकार गरेका छन । स्थानीय तहको निर्वाचन देखि नै मतदाताको रोजाई युवा उमेदवार थियो । मतदाताको रोजाई अनुसार यो निर्वाचनमा युवा उम्मेदवार कति बनाईयो रु सोचनीय विषय बनेको छ । पाँचदलीय गठबन्धन गरेर पनि बहुमत नपुग्ने परिणाम आएपछि नैतिकताको आधारमा सभापति शेरबहादुर देउवाले राजिनामा दिनुपर्ने थियो । बहुमत आउदाको जस र बहुमत नआउदाको अपजस दुबै सभापति को नै हुन्छ।
इष्ट इण्डिया कम्पनिले भारतलाई दुईसय बर्ष उपनिवेश बनायो, भारतीय मूलका ूऋषि सुनकू बेलायत जस्तो शक्तिशाली राष्ट्रका अर्थमन्त्री बनेपछि कोभिड(ज्ञढ का कारण अर्थतन्त्र तहसनहस हुने स्थितिमा बेलायतको अर्थतन्त्रलाई यथास्थानमा राख्न सफल भए । त्यही कारण ४२ बर्षिय ूऋषि सुनकू हालै भएको निर्वाचनबाट निर्वाचित भई प्रधानमन्त्री बन्न सफल बनेका छन । हाम्रो देशमा चाहि देश बनाउने योजना नभएका नेताहरूले गगनकुमार थापाको प्रधानमन्त्री बन्ने उमेर पुगेको छैन भन्दा कतारकता नरमाइलो लाग्दो रहेछ।
पत्रकारिता पेसाबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी खोलेको करिब चार र पॉच महिना भित्रमा बिजयी गरेको सिट संख्या र समानुपातिकमा आएको मतको आधार हेर्ने हो भने उनको अवस्था बुझ्न अब पॉचबर्ष पर्खनुपर्छ। मलबिउ र पानी कम भएर ठिङ्गुरिएको धान जस्तो हुने हो वा मलजल र पानी पुगेर हल हल बढेको धान हौसिन्छ, धान हौसिएपछि लड्छ , लडेपछि धान हैन पोगटा मात्र लागे जस्तो हुने हो समयले बताउनेछ। काङ्ग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ट नेता रामचन्द्र पौडेल, शेखर कोइराला प्रकाशमान सिंह एवम सोही उमेर समूहका नेताले प्रधानमन्त्री बनेर नेपालको समृद्धि सम्भव छैन । त्यसैले नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले गगनकुमार थापा र बिश्वप्रकाश शर्मा जस्ता देशलाई समृद्ध कसरी बनाउन सकिन्छ भनेर योजना भिजन भएकालाई अघि सार्न सक्नु भएन र परम्परागत रूपमा नै गणितलाई मुख्य आधार बनाएर आफै प्रधानमन्त्री बनेर अघि बढ्ने दुस्साहस गर्नुभयो भने नेपाली काङ्ग्रेस आउने निर्वाचनमा टर्च लाईट बालेर खोज्ने दिन नआउँला भन्न सकिदैन। त्यसले तपाईलाई त फाइदा नै होला कार्यकर्तालाई सबैभन्दा नाजुक बनाउछ भन्ने बुझ्न आग्रह गर्दछु । कार्यकर्ताहरू सभापतिका दास हैनन ।
अन्त्यमा सबै पार्टीका बृद्ध नेताहरूले के बुझ्न जरूरी छ भने अब देश बनाउने पालो युवाको हो। हामी अझै सक्षम छौ भनेर उमेद्वार बन्दा लक्ष्मणलाल कर्ण र उपेन्द्र यादव भानुभक्त ढकालले पाएको मतलाई हेर्न आग्रह गर्दछु । साथै पदमा बसेर केही पनि काम नगर्ने पुर्व र बहालवाला मन्त्रीहरूको हार पनि हेर्नुहोला । त्यसैले झापा क्षेत्र नम्बर(१ मा गरिदै आएको परम्परागत बिजयी र्यालीलाई तोड्दै मतदाता सम्मान र्याली निकालियो मतदाता सम्मान र्यालीमा भनिएको थियो ूतपाईले दिनु भएको एकरएक मतलाई हाम्रो तर्फबाट लाखरलाख सम्मान छू भन्ने कुरा राखियो, यो बिजन क्षेत्र नम्बर(१ हुदै सत्तहत्तर जिल्लाको एकसय पैसठ्ठी निर्वाचन क्षेत्रमा नै अङ्कुरण गराउनेछौ भन्दै शक्ति बिकेन्द्रिकरणको सिद्धान्त अनुसार युवालाई सत्ता हस्तान्तरण गर्नु आजको आवश्क्ता हो । नेपाली काङ्ग्रेस संसदीय दलको नेताका लागि सबै निर्वाचित सङ्घीय सासंदलाई अनुरोध गर्दछु कि तपाईहरू देश बनाउनकै लागि निर्वाचनमा बिजयी बनेर आउनु भएको हो भने कार्यकर्ता र मतदाताहरूको भावना अनुरूप विवेक प्रयोग गर्नुहोस र गगनकुमार थापालाई नेता चयन गरि प्रधानमन्त्री बनाई देशलाई सही निकास दिनुहोस, विवेकको बोटमा विवेकको नै फल लाग्नेछ पशुपतिनाथले तपाई हामी सबैको कल्याण गरून । धन्यबाद
नारायणबहादुर बस्नेत
मेचिनगर(८ झापा

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु