झापाली समाज कतारले दियो न्यानो कपडा

2022-12-20 मा प्रकाशित

बौद्घमोड,५ पुस । सामाजिक क्षेत्रमा क्रियाशील संस्था झापाली समाज कतारले मंगलबार मेचीनगरका बिभिन्न वडाका फरक क्षमता भएका अतिविपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।
समाजले वडानम्बर १, २, ३, ४ र वडानम्बर १० मा रहेका ३५ जना फरक क्षमता भएका अतिविपन्न परिवारलाई न्यानो कपडा वितरण गरेकोे हो । कार्यक्रमको संयोजन नेपाल राष्ट्रिय अपाङ्ग पुनस्र्थापना केन्द्र मेचीनगरले गरेको थियो ।


राष्ट्रिय अपाङ्ग पुनस्र्थापना केन्द्र मेचीनगरका अध्यक्ष  युवराज बस्नेतको सभातित्व तथा मेचीनगर वडानम्बर २ का वडाध्यक्ष दीपक बरालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई व्ल्याङ्केट वितरण गरिएको थियो ।
गमलाको विरुवामा पानी हालेर कार्यक्रम उद्घाटन् गरेका प्रमुख अतिथि बरालले समग्र वडाको विकासमा आफू केन्द्रित रहेकोले राष्ट्रिय अपाङ्ग पुनस्र्थापना केन्द्रको अभियानमा पनि सदैव सहयोग रहने प्रतिवद्घता व्यक्त गरे ।


राष्ट्रिय अपाङ्ग पुनस्र्थापना केन्द्र मेचीनगरका संस्थापक अध्यक्ष सचिन निरौलाले कार्यक्रमको औचित्य प्रकाश पार्दै विपन्न परिवारको लागि क्षमता विकास तथा अन्य विभिन्न कार्यक्रममा सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरे । उनले समितिको निर्माणाधीन अवस्थामा रहेको भवनलाई समेत पुरागर्न वडाको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रमका विशेष अतिथि झापाली समाज कतारका अध्यक्ष केशव कार्कीले झापाली समाज सामाजिक क्षेत्रमा क्रियाशील रहदै आएको र आगामी दिनमा समेत आफूहरुको सहयोग रहने प्रतिवद्घता व्यक्त गरे । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि बराल, विशेष अतिथि कार्की र प्रवासी झापाली सम्पर्क मञ्च नेपालका अध्यक्ष नेत्र प्रसाई, सदस्यहरु टिकाराम पोख्रेल, पुष्कर घिमिरे लगायतले सहभागीहरुलाई न्यानो कपडा वितरण गरेका थिए । सहसचिव मीना घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन अनिश काफ्लेले गरेका थिए । कार्यक्रमको अवसरमा बौद्धमोड इङ्लिस बोर्डिङ स्कूलका विद्याथीहरु न्यूज रिपोटको लागि कार्यक्रम स्थल पुगेका थिए । कार्यक्रममा जमिन दाता हरिचन्द रिजाल ,समाज सेवी केशर बहादुर बस्नेत, तपन निराैला , कृष्ण प्रसाद रिजाल, कुमार ढुङ्गना, विशाल कृष्ण बास्ताेला, सुरेस धिमिरे,  बाैद्धमाेड बाेडिङ्गका सायायक प्राध्यपक राेसन धिमिरे लगायतकाे उपस्थिति  रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु