नकलबन्दा साकोसको साधारण सभामा दर्जनौ सम्मानित

2022-12-24 मा प्रकाशित

मेचीनगर । नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । नकलबन्दा समाज विकास समितिको सभाहलमा सम्पन्न भएको साधारणसभामा दर्जनौ शेयर सदस्यलाई सम्मान गरिएको थियो ।

संस्थाले उत्कृष्ट बचतकर्तातर्फ रोहितकुमार प्याकुरेल, देवकुमार रजन मगर र विवेक अधिकारीलाई, उत्कृष्ट बाल बचतकर्तातर्फ ओजसवी मगरलाई, उत्कृष्ट ऋणीतर्फ फुलकुमारी धिमाल र खेमराज निरौलालाई, उत्कृष्ट कर्मचारीतर्फ फूलमाया लिवाङ ९कला०, शिवराम खड्का ९राजु०लाई नगदसहित पुरस्कृत गरिएको थियो । त्यसैगरी, उत्कृष्ट सञ्चालकतर्फ संस्थाका लेखा संयोजक डम्बरबहादुर मगर, अक्षयकोष दाता मेघराज र कमला गेलालबाट जेष्ठ नागरिक बचतकर्तातर्फ तुलसीमाया दर्जी र धनबहादुर खड्कालाई तथा अक्षयकोष दाता होमराज र दिपिका गुरुङबाट अति विपन्न जेष्ठ नागरिक बचतकर्तातर्फ चन्द्रकला तामाङलाई सम्मान गरिएको थियो ।

त्यसैगरी, अक्षयकोष दाता होमराज र दिपिका गुरुङबाट उत्कृष्ट कृषक बचतकर्तातर्फ भीमबहादुर तामाङलाई, मेची आधारभूत निमाविमा अध्ययनरत संस्थाका सदस्यका जेहेन्दार छोराछोरी मध्येबाट ऋतिका भट्ट तथा एसईईमा उत्कृष्ट अंक ल्याई उत्तीणर् हुने संस्थाका सदस्यका छोराछोरी मध्येबाट सुरक्षा मगरलाई नगदसहित सम्मान गरिएको थियो ।

संस्थाले चाँडै नै सहकारी सुपथ कृषि पसल सञ्चालनमा ल्याउने अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाले सदस्य मृत्यु राहत सहयोग, सदस्य परिवारमा राहतसहित समवेदना, सुत्केरी पोषण कार्यक्रम, मुटु तथा मृगौला उपचार सहयोग कार्यक्रम, रेमिट्यान्स सेवा सञ्चालन गर्दै आइरहेको संस्थाका व्यवस्थापक महेन्द्रबहादुर कुँवरले जानकारी दिए ।

संस्थाका अध्यक्ष होमराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समिति संयोजक तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगर ५ का वडा अध्यक्ष कनकबहादुर कार्की, बिन्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दशरथ खडिया, मेची कृषक बहुमुखी सहकारी संस्थाका प्रबन्धक दिपक काफ्ले, पूर्व अध्यक्ष मेघराज गेलाललगायतले बोलेका थिए ।

संस्थाका सदस्य कुमारी निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव केशरप्रसाद तिम्सिनाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु