मेचीनगर १५ मा क्षयरोग खोजपड्ताल शिबिर सम्पन्न

2022-12-31 मा प्रकाशित

मेचीनगर ।  मेचीनगर नगरपालिका वडा नम्बर १५ मा क्षयरोग खोजपड्ताल शिबिर सम्पन्न भएको छ । मेचीनगर स्वास्थ्य शाखाको आयोजनामा समुदायमा क्षयरोग विरुद्धको अभियान अन्तर्गत क्षयरोग खोजपड्ताल शिबिर सम्पन्न गरेको हो ।

आज मेचीनगर १५ स्थित स्वास्थ्य चौकीमा सञ्चालन भएको क्षयरोगको जोखिम तथा सम्भावित समुहमा शिघ्र निदानका लागि आयोजित शिविरमा ९३ जनाले स्वास्थ्य परिक्षण गरेका थिए । कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटालगायतको आतिथ्यता रहेको थियो । क्षयरोगको निराकरण गर्ने लक्ष्य रहेको बताउँदै मेचीनगर १५ स्थित ज्यामिरगढी स्वास्थ्य चौकीका प्रमुख प्रदिप गुप्ताले क्षयरोग समस्या र यस्को उपचारको बारेमा घरदैलोमा नै स्वास्थ्य सेवा पुर्याउने लक्ष्य रहेको बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु