मेचीनगरमा मेलमिलाप सम्बन्धी धारभूत तालिम सुरु

2023-01-23 मा प्रकाशित

मेचीनगर । दिगो शान्तिका लागि, उन्नत सम्बन्धू भन्ने मुल नाराका साथ झापाको मेचीनगर नगरपालिकामा सोमबार आजदेखि ८ दिवसीय मेलमिलाप सम्बन्धि आधारभूत तालिम सञ्चालन भएको छ । आजबाट सञ्चालन भएको तालिम आगामी माघ १६ गतेसम्म सञ्चालन हुनेछ ।

न्यायिक समिति मेचीनगरको आयोजनामा सञ्चालन भएको मेलमिलाप सम्बन्धि आधारभूत तालिमको उद्घाटन शत्रमा बोल्दै मेचीनगर उपप्रमुख तथा न्यायिक समिति संयोजक मीना पोखरेल उप्रेतीले न्यायिक कार्य सम्पादनमा मेचीनगर अगाडि नै रहेको बताइन् । उनले तालिमले आगामी दिनमा नगरका प्रत्येक वडामा अझ न्याय सम्पादनमा टेवा पुग्ने बताइन् ।

त्यस्तै कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, बिरष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, कार्यपालिका सदस्य तथा भौतिक पुर्वाधार विकास समिति संयोजक चित्र कुमार धिमाललगायते बोल्दै वडाबाट छनोट भएर तालिममा सहभागी भएका प्रतिनिधिहरूले अब यस तालिमको मद्दतले आगामी दिनमा मेलमिलापको सम्बन्धमा आ(आफ्नो क्षेत्रमा कुशलता पुर्वक जिम्मेवारी निर्वाह गर्न सक्ने बनाए ।

प्राकृतिक श्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालको सहजीकरण रहेको तालिममा नगरका पन्द्रवटै वडाबाट छनोट भएका ३५ जना प्रशिक्षार्थी सहभागी भएका मेचीनगर न्यायिक समिति अधिकृत इन्दिरा खरेलले बताइन् ।

तालिममा सहभागीलाई प्रशिक्षण संगिता थापाले गरिरहेकी छिन् । न्यायिक समिति सदस्य हरि नारायण न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन न्यायिक समिति सदस्य कुन्दन निरौलाले गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु