कमल । गौतम समाज कमल गाउँपालिकाको अध्यक्षमा पुनः त्रिलोचन गौतम चयन भएका छन् । गौतम समाज कमल गाउँपालिकाको दोस्रो साधारण सभाले कमल ३ सानो केर्खा निवासी शिक्षासेवी त्रिलोचन गौतमको नेतृत्वमा ११ सदस्यिय नयाँ कार्य समिति चयन गरेको हो ।
समाजको उपाध्यक्षमा दीपा गौतम, सचिवमा दिपक गौतम, सहसचिवमा तिर्थ गौतम र कोषाध्यक्षमा रञ्जना गौतम सर्वसम्मत चयन गरेको छ । त्यस्तै सदस्यहरुमा सुमन गौतम, भूपेन्द्र गौतम, सुमन गौतम, रमेश गौतम र सन्तोष गौतम चयन भएका छन् ।
साथै साधारणसभाको अवसरमा भेलाले आसन्न माघ २१ गते हुने गौतम बन्धु जिल्ला अधिवेशनका लागि ओमप्रकाश गौतम, सुमन गौतम, दिपक गौतम, तिर्थराज गौतम र दिपा गौतमलाई प्रतिनिधि छनोट गरेको छ ।
गौतम समाज कमलका अध्यक्ष त्रिलोचन गौतमको अध्यक्षतामा आयोजना भएको साधारणसभामा गौतम समाज दमक नगरका अध्यक्ष दुर्गाप्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको थियो । सचिव ओमप्रकाश गौतमले सञ्चालन गरेको कार्यक्रममा जिल्ला सदस्य बालकृष्ण गौतम, छविलाल गौतमलगायतका कमल गाउँपालिका क्षेत्रका गौतम बन्धुहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्