वडा भित्र रहेका सामुदायिक विद्यालयको अवस्था सुधार गर्छौ ः वडाध्यक्ष वाग्ले

2023-01-27 मा प्रकाशित

बुद्धशान्ति,। झापाको बुद्धशान्ति वडा नंम्बर १ का वडाध्यक्ष अनिल वाग्लेले आप्mनो वडाका सामुदायिक विद्यालयका वालकक्षालाई व्यवस्थित र सुविधायुक्त कक्षाका रुपमा विकास गर्ने कार्य सुरुभएको बताएका छन् ।

त्रिभुवन माविकोे ६६ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि वाग्लेले सो कुरा बताएका हुन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग तिम्सिना पवनको सभापतित्वमा भएको कार्यक्रममा वडाका सामुदायिक विद्यालय (नमूना विद्यालयका रुपमा रहेको बुद्धआदर्श मावि बाहेक) का वालकक्षालाई यस वर्ष सुविधायुक्त वनाउने गरी वडाले वजेट विनियोजन गरेको र सोहि अनुरुप काम सुरुभएको बताए ।

वडाध्यक्ष वाग्लेले विद्यार्थी भर्ना हुने कक्षाका रुपमा रहेको वालकक्षाको कोठा व्यवस्थित गर्ने, टेलिभिजन नभएका विद्यालयको वाल कक्षामा टेलिभिजन जडान गर्ने, फर्म सहितको कार्पेट व्यवस्थापन गर्ने, वालवालिका सुत्नेखाट कक्षा कोठामा नै व्यवस्थापन गर्ने, कक्षा रङरोघन, सिलिङ तथा फेन व्यवस्थापन तथा वालकक्षामा सिसिटिभि जडान गरिने बताए ।

अभिभावकले भरोसा गर्नेगरीको शिक्षण सिकाइको विकासमा सबै पक्ष लाग्न सके सामुदायिक विद्यालयको शैक्षिक स्तर माथि उठ्न समय नलाग्ने बडाध्यक्ष वाग्लेको भनाई छ । बुद्धशान्ति १ मा बुद्धआदर्श मावि नमूना विद्यालयका रुपमा विकास भएको छ भने अरु सामुदायिक विद्यालय नमूना आधारभूत विद्यालय र त्रिभुवन माविलाई वालकक्षा सुधार गर्न वडाले २÷२ लाख रुपैँया विनियोजन गरेको छ भने सरस्वती वालविकास केन्द्रलाई १ लाख रुपैँया वडाले विनियोजन गरेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु