प्याब्सन अन्तरगत सञ्चालित विद्यालयमा आजबाट एसईई प्रीबोर्ड परीक्षा सुरु

2023-01-29 मा प्रकाशित

मेचीनगर । प्याब्सन केन्द्रले सञ्चालन गरेको एसईई प्रीबोर्ड परीक्षा आज वाट सुरु भएको छ । प्याब्सन प्रदेश तथा जिल्लाको प्राविधिक सहयोगमा सञ्चालन भएको परीक्षा देशभरमा स्थानीय तहमा सुरु भएको हो । परीक्षा माघ २३ गते समापन हुनेछ ।

मेचीनगर प्याब्सन अन्तरगत नगरका ६ वटा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ । मेचीनगरमा रहेका परीक्षा केन्द्र अन्तरगत माउन्ट पोइन्ट सेकण्डरी स्कुल चारआली, कनभेन्ट इङलिस सेकण्डरी स्कुल, हिमालयन हाई स्कुल धुलाबारीमा एभरेस्ट भ्यु इङलिस सेनडरी स्कुल इटाभट्टा, थेसिस इङलिस सेकण्डरी स्कुल, युनाइटेड सेकण्डरी स्कुल बाहुनडाँगी रहेका छन् ।

प्याब्सनमा आवद्ध मेचीनगरका सत्ताइस माध्यामिक विद्यालयका सात सय विद्यार्थी परीक्षमा सहभागी बनेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु