धुलाबारी जेसीजको ४३ औं पदहस्तान्तरण कार्यक्रम

2023-01-30 मा प्रकाशित

धुलाबारी ।  धुलाबारी जेसीजको ४३ औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । धुलाबारी टाउनहलमा आइतबार धुलाबारी जेसीजको ४३ औं पदहस्तान्तरण र जुनियर जेसीजको ५औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

वर्ष २०२० का अध्यक्ष सागर खनाल निर्वाचन आयुक्त रहेको निर्वाचन समितिबाट संचालित निर्वाचन प्रक्रियाबाट सन् २०२३ का लागि अध्यक्षमा योगेश राजवंशी त्यस्तै कार्यकारिणी उपाध्यक्ष भुमि पौडेल, कार्यकारिणी उपाध्यक्ष मन्जील रसाइली, उपाध्यक्ष आशिष पौडेल, उपाध्यक्ष शिशिर पोख्रेल, उपाध्यक्ष सुलभ भण्डारी, उपाध्यक्ष श्याम सिवाकोटी रहेका छन्भने नियुक्त हुनेहरुमा महासचिवमा मनोज ढकाल, कोषाध्यक्षमा डिल्लीराम भण्डारी, कानुनी सल्लाहकार खेमराज निरौला, सचिव शैलेस गौतम,तालिम संयोजक विकाश खड्का, सञ्चार संयोजक विनिशा शर्मा जनसम्पर्क अधिकारी निष्चल पौडेल रहेका छन् ।

साथै बर्ष २०२२ का अध्यक्ष रविन पाठकले निर्वाचित अध्यक्ष योगेश राजवंशीलाई सपथ गराएका थिए भने निर्वाचित अध्यक्ष राजवंशीले आफ्नो बोर्ड तथा मनोनित पदाधिकारीलाई सपथ गराएका थिए । यसैबीच धुलाबारी जेसीज वर्ष २०२३ का अध्यक्ष योगेश राजवंशीलाई पुर्व अध्यक्षहरुले जेसीज अध्यक्षीय चेन पहिर्याएर जिम्मेवारी सुम्पीएका थिए ।

त्यस्तै, जुनियर जेसीजको अध्यक्षमा आर्यन पौडेल त्यस्तै कार्यकारिणी उपाध्यक्षमा विवश न्यौपाने, कार्यकारिणी उपाध्यक्षमा राहुल रौनियार, उपाध्यक्षमा हिमाल राजवंशी, मंजील लावती, मदन चिमरिया, अभिशेक शाह रहेका छन् भने अध्यक्षले नियुक्त गरेका पदमा महासचिवमा रुक्सना शिवाकोटी,कोषाध्यक्ष विष्णु चिमरीया, कानुनी सल्लाहकार सृजित ढुङ्गाना, सहसचिव स्वस्तिका चिमरिया ,तालिम संयोजक राकेश शाह,सञ्चार संयोजक सुस्मा तामाङ जनसम्पर्क अधिकारी पुजा अधिकारी,फेलोसिप संयोजक श्रेया खतिवडा,पुनर्मिलन संयोजक विशाल चौधरी रहेका छन् ।

झापा क्षेत्र नं.१ का सासंद विश्वप्रकाश शर्मा प्रमुख अतिथि रहेको कार्यक्रमको विशिष्ठ अतिथी नेपाल जेसिज बर्ष २०२२का राष्ट्रिय उपाध्यक्ष (धुलाबारी शाखा निरुपित) सिनेटर अनुप सुनुवार, नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष चरण प्रसाई, नेपाल जेसिज बर्ष २०२३का राष्ट्रिय उपाध्यक्ष स्वस्तिका आचार्य, मेचीनगर लेडि जेसिजको संस्थापक अध्यक्ष कविता शर्मा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका संयोजक आशिष पौडेलले स्वागत गरेको कार्यक्रममा मिसन भिजन र आस्था वाचन शैलेस गौतमले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु