कालिका सामुदायिक वनको २७ औँ वार्षिक साधारणसभा सम्पन्न

2023-02-01 मा प्रकाशित

मेचीनगर । कालिका सामुदायिक वन उपभोक्ता समूह मेचीनगर नगरपालिका वडा नं. ११ र १२ को २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । समूहका अध्यक्ष योगराज भट्टराई ‘योगेश’को अध्यक्षतामा सम्पन्न साधारणसभाको प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी रहेका थिए ।
साधारण सभामा अध्यक्ष भट्टराईले आव २०७९र्र०८० प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७८ ०७९ मा सम्पन्न गर्न बाँकी रहेका योजनाहरु यो वर्ष पुरा गरिने उनले बताए । भट्टराईका अनुसार वन समूहको मुख्य आम्दानी श्रोत भनेको गोलिया काठ विक्री वितरण आदेश समयमा प्राप्त हुन नसकेकाले गरिबी न्यूनीकरण कार्यक्रम तर्फको अति विपन्न उपभोक्तहरुलाई ग्यास वितरण, घर निर्माण कार्य, जस्तापाता, बाख्रा तथा सुंगुर पाठा, खाट वितरण गर्ने कार्य गर्न नसकिएको बताए ।
त्यस्तै उनले कालिका सिमसारतर्फ यस वर्षबाट लागूहुने गरी वार्षिक निति तथा कार्यक्रममा उपभोक्ता सदस्य घरधुरीमा आवद्ध सम्पुर्ण उपभोक्तालाई कालिका सिमसार अवलोकन तथा मनोरञ्जन गर्न प्रति घरधुरीलाई सदस्यता परिचय पत्र वितरण गरि प्रवेश तथा मनोरञ्जन गर्न सहज वातावरण बनाउने बताएका छन् ।
त्यसैगरी उनले मानव हात्ती द्वन्द्व न्यूनीकरण गर्ने हेतुले वन समुहको खाली वन क्षेत्रमा १ घर १ कोला र १ बाँसको बिरुवा वृक्षरोपण गर्न उपभोक्तालाई आग्रहसमेत गरेका थिए । उक्त कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं ११ का वडाध्यक्ष रुद्र डाँगी, मेचीनगर नगरपालिका वडा नं १२ का वडाध्यक्ष मधुसुदन निरौला, माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरिया, मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य अमित खम्बू लगायतको उपस्थिती रहेको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख बुढाथोकीले कालिका सामुदायिक वनले सिमसार क्षेत्रको विकाससँगै आकर्षक पर्यटकीय संरचनाहरु निर्माण गरेर नगरमा फरक पहिचना स्थापित गरेको बताए । समूहका उपाध्यक्ष संगीत चौधरीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सह(सचिव खेमराज राईले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु