रोटरी क्लब अफ मेचिनगरको आयोजनामा रक्तदान, ३६ जनाले दिए रगत

2023-02-04 मा प्रकाशित

मेचीनगर । रोटरी क्लब अफ मेचिनगरले आयोजना गरेको रक्तदान कार्यक्रममा मेचीनगरका ३६ जनाले रगत दान गरेका छन् ।

मानवताको सेवानै जीवनको सर्वाेत्तम कार्य हो भन्दै रोटरी क्लब अफ मेचिनगरले मेचीनगर– १० स्थित मेचि उद्योग वाणिज्य संघ अगाडि शनिबार आयोजना गरेको रक्तदान जिवनदान कार्यक्रममा ३ महिलासहित ३६ जनाले रगत दिइएका थिए । उनीहरूला आयोजको तर्फबाट प्रमाणपत्र प्रदान गरिएको आयुस्मान निरौलाले जानकारी दिए ।

रोटरी क्लब अफ मेचिनगर अध्यक्ष अनन्त प्रकाश वस्तीको अध्यक्षतामा आयोजना भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकाल, नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखा प्रमुख कुसुम कोइरालालगायतको आतिथ्य रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखाको प्रविधिक सहयोग रहेको कार्यक्रममा सह(आयोजक रोट्रयाक्ट क्लब अफ मेचीनगर रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु