त्रिदेव प्राध्यापक संघको सभापतिमा सावित्रा दाहाल

2023-02-09 मा प्रकाशित

चारआली, २६ माघ । त्रिदेव बहुमुखी क्याम्पसको प्राध्यापक संघ इकाई समितिको सभापतिमा सावित्रा दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

बुधबार भएको प्राध्यापकहरुको भेलाले नयाँ नेतृत्व चयन गरेको हो । समितिको सचिवमा विवेक उप्रेती, कोषाध्यक्षमा केशव भुर्तेल र सदस्यमा तारा सेडाई, रोहित बरा, रुपा पौडेल र इन्द्र उपाध्याय रहनु भएको छ । सभापतिमा निर्वाचित दाहाल नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष र प्रेस चौतारी नेपालकी केन्द्रीय विभागीय सदस्य समेत हुनुहुन्छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु