जेष्ठ नागरिक समिति मेचीनगर– ७ को अध्यक्षमा पौडेल

2023-02-11 मा प्रकाशित

इटाभट्टा । जेष्ठ नागरिक समिति मेतीनगर–७ को अध्यक्षमा पिताम्बर (शर्मा) पौडेल सर्वसम्मत चयन भएका छन् ।
शुक्रबार  इटाभट्टमा आयोजित जेष्ठ नागरिकहरुको भेलाले पौडेललाई अध्यक्ष चयन गर्दै ८ सदस्यीय समिति गठन गरेको हो । समितिको पहिलो बैठकले भुगोलको आधारमा सदस्य थप गर्ने समेत निर्णय गरेको छ ।
भेलाले समितिको उपाध्यक्षमा सहदेव राजवंशी, सचिवमा अमर परियार, सह सचिवमा प्रेमराज गौतमलाई सर्वसम्मत चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा मेनुका अधिकारी, कुमार खड्का, चतुर बहादर बस्ने, र सन्तबहादुर मेचे रहेका छन् ।
जेष्ठ नागरिक समिति मेचीनगर उपाध्यक्ष हिम्मत क्षेत्रीको प्रमुख आतिथ्यमा आयोजित भेलामा निवर्तमान अध्यक्ष खेमराज अधिकारी, सदस्य धनप्रसाद उप्रेती लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु