नेपाल बार एशोसियसन झापाको अध्यक्षमा भट्टराई

2023-02-12 मा प्रकाशित

रेवतीराज घिमिरे
भद्रपुर २९ माघ । नेपाल बार एशोसियसन झापाको शनिवार चन्द्रगढीमा सम्पन्न निर्वाचनबाट अध्यक्षपदमा प्रगतीशिल कानुन व्यावसायी एशोसियसनका तर्फ बाट उम्मेदवारी दिएका अधिबत्ता नारायण प्रसाद भट्टराई निर्वाचित भएका छन् ।
प्रगतिशिल कानुन व्यावसायी र डेमोक्र्याटिक्स लयर्स एशोसियसन झापावीच आलोपालो प्रणाली अन्र्तगत रहेर विगत वर्षहरुमा नयांकार्य समिति चयन हुने प्रणलीलाई यस पटक भने आर पी एल एका तर्फबाट कानुन व्यावसायी कालीप्रसाद संजेलले उम्मेदवारी दिए पछि भट्टराई र संजेलबीच प्रतिस्पर्दा भएको थियो ।
अगामी २ बर्षे कार्यकालका लागि गठित १३ सदस्यीय कार्य समितिका लागि सम्पन्न मतदानबाट भट्टराईले ९२.मत ल्याएर निर्वाचित भएका छन्  भने उनका प्रतिष्पर्दी संजेलले २१ मत ल्याएका छन् ।
पी पी एल ए ( प्रगतीशिल कानुनव्यावसायी संगठन) र प्रजातान्त्रि कानुनव्यावसायी संगठन डिएल ए बीचको सहमति अनुसारा अन्य पदहरु क्रमशः उपाध्यक्षमा प्रजातान्त्रिक समुहबाट भीम बराल , सचिवमा सन्तोष कुमार प्रसाई, सह सचिवमा कोपीला बस्नेत, र सदस्यहरुमा क्रमशः भरत प्रसाई, सेमन्त मिश्र, पदम रिमाल र लक्ष्मीप्रसाद सिवाकोटी लाई निर्विरोध निर्वाचित गरिएको छ ।
यसै गरी प्रगतीशिल कानुन व्यावसायी संगठन पीपीएल ए बाट कोषाध्यक्षमा दिपकप्रसाद निरौला र सदस्यहरुमा क्रमशः नारायण प्रसाद चौलागाइ , राजेन्द्र खनाल, कविता बास्तोला र रुद्रबहादुर न्यौपानेलाई सर्बसम्मत चयन गरिएको छ ।
२०६७ सालमा पीपीएलका तर्फ बाट कानुन व्यावसायी द्वय टंकप्रसाद उप्रेती र लेखनाथ निरौलाबीच प्रतिस्पर्दा हुँदा उप्रेती निर्वाचित भएका थिए ।
२०६७ साल पछि झापा बार मा अध्यक्ष पदका लागि आलोपालो प्रणलीलाई तोडेर पहिलो पटक निर्वाचन भएको निर्वाचन समिति संयोजक टंकप्रसाद उप्रेतीले बताए ।
अध्यक्ष पदमा प्रतिश्पर्दा भएसंगै झापा बारका आर पी एल ए संग आबद्ध कानुनव्यावसाइहरुले पाउने पार्षद पद लगाएतका अन्य पदहरु समेत यस पटक गुमेका छन् ।
झापा बारमा जम्मा १ सय ६३ जना कानुन व्यावसायी मतदाताहरु रहेको छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु