अरनिको मा.वि मा चारकोठे पक्की भवन बन्ने, नगरप्रमुख र उपप्रमुखद्वारा भवनको शिलान्यास

2023-02-12 मा प्रकाशित

मेचीनगर । मेचीनगर ७ स्थित अरनिको माध्यमिक विद्यालयमा चारकोठे पक्की भवन बन्ने भएको छ ।
आइतबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरूपमा उक्त दुई तले चारकोठे पक्की भवनको शिलान्यास गरेका हुन् ।

मेचीनगरको पहलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८–०७९ मार्फत विनियोजित ४५ लाखको बजेटबाट निर्माणधिन भवन सम्पन्न हुँदा अरनिको माध्यमिक विद्यालयमा अध्ययान गर्न विद्यार्थीहरूलाई थप सहज हुने मेचीनगर प्रमुख बुढाथोकीले बताए ।

प्राथमिकताका आधारमा अरनिको माध्यमिक विद्यालयमा नयाँ भवन निर्माण कार्यक्रमका लागि बजेट पारेको बताउँदै उनले आफ्नो लक्ष्य समग्र मेचीनगरको शैक्षिक गुणस्तर र विकासका निम्ति लागिपरेको बताए ।

भवन अभावले विद्यालयको शैक्षिक गतिविधिमा समस्या भइरहेको बताउँदै स्थानीय अभिभावकहरू भन्छन् अब नवनिर्मित चारकोठे पक्की भवन बनेपछि विद्यालयमा सहज हुने विश्वास लिएका छौँ ।

शिलान्यास कार्यक्रममा मेचीनगर उपप्रमुख उप्रेती, मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओली, अरनिको माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष निर्मल अधिकारी, प्रधानाध्यापक विशाल भट्टराईलगायतको उपस्थिति रहेको थियोे ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु