युवा लक्षित नेतृत्व विकास तालिम सम्पन्न

2023-02-16 मा प्रकाशित

दमक,४ फागुन, । इलामको चुलाचुली ४ मा सञ्चालित ३ दिने आधारभूत नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको छ । युवा पुस्ताको व्यक्तित्व विकासलाई लक्षित गरेर वडा नम्बर ४ स्थित वडा कार्यालयको सभाहलमा सोमबारदेखि आयोजना गरिएको ३ दिने तालिम सम्पन्न भएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै वडा नम्बर ४ का वडा अध्यक्ष सागर जबेगूले युवा लक्षित कार्यक्रम बनाउने कुरा बढी उठ्ने गरे पनि योजना तर्जुमा गर्ने समयमा भने भौतिक विकास र पूर्वाधारकै कुरामा जोड दिने परिपाटी रहेको बताए । उनले युवा पुस्ताले नेतृत्व विकासमा ध्यान दिए समग्र समाज सचेत र जागरुक हुने सुझाए । युवाले समाज र देशको नेतृत्व गर्न सक्छ भन्ने सन्देश तालिममार्फत दिन खोजिएको भन्दै वडा सदस्य विष्णु माया गजमेरले तालिममा सहभागी भएर आफूले पनि धेरै नयाँ कुरा सिकेको बताइन । ३ दिने तालिमलाई सहजकर्ताका रूपमा फोनिज संघीय समितिका उपाध्यक्ष कमन देवानले सहजीकरण गरेका थिए ।

२० जना महिला सहित ४० जना भन्दा बढी प्रशिक्षार्थी तालिममा सहभागी थिए । कार्यक्रममा वडा सदस्य दिलमाया राईलगायत स्थानीय टोल विकास संस्थाका अध्यक्ष प्रतिनिधिहरु सहभागी थिए । सुदेश खावाहाङ राईको सञ्चालन रहेको सो कार्यक्रम युवा लक्षित कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष चक्र गजमेरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु