प्रथम वडाध्यक्ष फुटबल कपको उपाधि धुलाबारी बजार क्षेत्रले उचाल्यो

2023-02-18 मा प्रकाशित

मेचीनगर, फागुन ६ । मेचीनगर –९ मा आयोजित प्रथम वडाध्यक्ष फुटबल कपको उपाधि धुलाबारी बजार क्षेत्रले हात पारेको छ । आज भएको फाइनल खेलमा माथिल्लो मागुरमाडीलाई ३– २ को गोलअन्तरले हराउँदै धुलाबारीले उपाधि उचालेको हो ।

स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा पहिलो हाफको ८ मिनेटमै १ गोलको अग्रता लिएको माथिल्लो मागुरमाडीले अग्रतालाई कायम राख्न नसक्दा हार व्येहोरेको हो । पहिलो हाफमा १ गोलले पछि परेको धुलाबारी बजार क्षेत्रले दोस्रो हाफमा भने उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गर्यो । खेलको ४२ औँ मिनेटमा लगातार २ गोल र ६० मिनेटमा थप १ गोल गर्दै धुलाबारी बजार क्षेत्र ३ गोल गर्न सफल बनेको हो । खेलको अन्त्यमा मागुरमाडीले १ गोल फर्काए पनि बिजेता बन्न भने सकेन । जसअन्तर्गत ३(२ को गोलअन्तरले धुलाबारी बजार क्षेत्रले उपाधि जितेको हो ।

उपाधिसगैँ धुलाबारीले नगद ४० हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने मागुरमाडीले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । गत माघ २७ गतेबाट शुरु भएको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु