सामुदायिक प्रहरी सेवा केन्द्र धुलावारीको अध्यक्षमा ओली

2020-07-18 मा प्रकाशित

धुलाबारी, ३ साउन । सामुदायिक प्रहरी सेवा केन्द्र धुलावारीको अध्यक्षमा प्रह्लादमणि ओली सर्वसम्मत चयन भएका छन् ।

शनिवार धुलावारीमा भएको विशेष साधारणसभाले ओलीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको हो ।समितिले सामुदायिक हितका लागि विभिन्न कार्य गर्दै आएको छ । यसको गठन सर्वदलीय आधारमा हुने गरेको छ । मेचीनगरको नन्दा पुलपश्चिम धुलावारी, चारआली, ज्यामिरगढी, धाइजन, बुधवारे र दुहागढी क्षेत्र यसका कार्यक्षेत्र रहँदै आएको छ ।

समितिको वरिष्ठ उपाध्यक्ष पदमा रविन बस्नेत, उपाध्यक्षमा प्रदीप अधिकारी, सचिवमा कृष्णकुमार पनेरु, सहसचिवमा कविप्रसाद चिमरिया र कोषाध्यक्षमा रेणुका डाँगी चयन भएका छन् ।यसैगरी, सदस्यमा सुवेश पनेरु, विश्वराज पोखरेल, टिका तिम्सिना, सबिना बजगाइँ, कृष्ण चापागाई, ध्रुव ओली, अर्जुन राजबंशी, चन्द्रकला खवास र जानुका ओली चयन भएका छन् ।
कार्यक्रममा मा नेपाली काङ्ग्रेस झापाका १ नं। क्षेत्रीय सभापति मणिकुमार उप्रेती, नेकपा जिल्ला सदस्य देबकुमार राई र इलाका प्रहरी कार्यालय धुलावारीका इञ्चार्ज एवम् प्रहरी निरीक्षक कैलाश चौधरी लगायतको उपस्थिति रहेको थियो ।यस अघि केन्द्रको अध्यक्षमा अरुणकुमार बुढाथोकी थिए । उनको निधन भएपश्चात विशेष साधारणसभा आयोजना गरिएको हो

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु