गुणस्तरीय शिक्षा आजको आवश्यकता : नगरप्रमुख बुढाथोकी

2023-02-19 मा प्रकाशित

मेचीनगर । मेचीनगर– २ भृकुटी स्थित भानु माध्यमिक विद्यालयको ६६ औं वार्षिक उत्सव सम्पन्न भएको छ ।  वार्षिक उत्सवको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले शिक्षा क्षेत्रको विकास गर्न सके मात्र देश समृद्धिको मार्गमा जानसक्ने बताएका छन् । प्रत्येक नागरिकको पहुचमा जबसम्म गुणस्तरीय शिक्षा पुग्दैन तबसम्म त्यो देशले समृद्धि प्राप्न गर्न नसक्ने उनले बताए ।

शिक्षको क्षेत्रबाट मात्रै दक्ष र सक्षम नागरिक उत्पादन हुने भएका कारण समयसापेक्ष शिक्षा अहिलेको आवश्यकता रहेको उनको भनाई छ । तर, मेचीनगरमा विद्यालय जनताको मागको विषय बन्ने नगरेको बताउँदै उनले भने, आफू स्थानीय सरकारको रूपमा विगत ९ महिनादेखि मेचीनगरमा आएको र त्यो अवधिमा जनताहरू विद्यालय सुधार, स्तरोन्नति लगायत शैक्षिक विकासका बिषयमा थोरै मात्र आउने गरेको बताए ।

उनका अनुसार मेचीनगरमा विद्यालय भन्दा अधिकांश मानीसहरू कालोपत्र, ड्रेन, मन्दिर, सामुदायिक भवनलगायतको माग गर्न आउने गरेको बताए ।तर, आफुले विद्यालय सुधारका निम्ति सरोकारवाला संग परामर्श गर्ने कार्य अघि बढीसकेको बताउँदै नगर प्रमुख बुढाथोकीले भने, नगरका जिर्ण रहेको सामुदायिक विद्यालयको छानो फेर्ने कार्य नगरले नै गर्ने छ भने, प्रविधिमैत्री शिक्षा अगाडि बढाउन आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउन संघिय सरकार समक्ष पहल समेत गरिरहेको उनले बताए ।

कार्यक्रममा विभिन्न विधामा विजेता विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । त्यस्तै विद्यालयले पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष घनश्याम दाहाल, निलकण्ठ तिवारी, युवराज कट्टेल, ओम चौहान, रिता ढकाललगायतलाई सम्मान गरेको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेघनाथ बास्तोलाको सभापतित्वमा आयोजना भएको वार्षिकोत्सब कार्यक्रममा स्वागत प्रधानाध्यापक देवेन्द्र खनाल र सञ्चालन शिक्षक ज्ञानेन्द्र ढुङ्गानाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु