मेचीनगरमा नाट्य उत्सव सुरु

2023-02-26 मा प्रकाशित

मेचीनगर, फागुन १४ । काँकरभिट्टामा विद्यालय स्तरीय नाट्य उत्सव शुरु भएको छ । परिवर्तन थिएटरको आयोजनामा “प्रथम मेचीनगर स्तरीय स्कुल नाट्य उत्सव” मेची सामुदायीक भवनमा रहेको रंगमञ्चमा शुरु भएको हो ।

नाट्य उत्सवको शुरुमा काँकरभिट्टा माविका विद्यार्थीहरुले तयार पारेको नाटक मञ्चन गरिएको छ । ‘चेतना’ नाम दिइएको उक्त नाटक विद्यालयका ८ जना विद्यार्थीले प्रस्तुत गरेका थिए ।

वर्तामान समाजमा ठुलो समस्याको रुपमा देखिइरहेको लागुऔषधको दुव्र्यसनीले भविष्यमा पार्ने प्रभाव र वाल विवाहले निम्त्याउने विपत्तीलाई विद्यार्थीहरुले नाटक मार्फत प्रस्तुत गरेका थिए । विद्यार्थी आफैँले तयार पारेको उक्त नाटकले साँच्चै वर्तामान समाजको समस्या प्रस्ट्याएको थियो ।

नाटक मञ्चनपछि विद्यार्थीहरुले पहिलोपटक नाटकमा सहभागी बनेको प्रतिक्रिया दिए । ‘अहिलेसम्म यसरी नाटकमा सहभागी भएका थिएनौँ, यो हाम्रो पहिलो प्रयास हो, सानैदेखि नाटकमा सहभागी बन्ने सपना थियो, आज पुरा भयो ।’ नाटकमा सहभागी काँकरभिट्टा माविका विद्यार्थी विवश दाहालले भने ।

आइतबारबाट शुरु भएको उत्सव मंगलबारसम्म सञ्चालन हुनेछ । नाट्य उत्सवमा नगर क्षेत्रका निजि तथा सामुदायिक गरि १० विद्यालयका विद्यार्थीहरुले तयार पारेको नाटक मञ्चन हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु