बिर्तामोड महोत्सवको समयअवधि ३ दिन थपियो

2023-02-27 मा प्रकाशित

बिर्तामोड, १५ फागुन । बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सयम अवधि तीन दिन थप गरिएको छ ।

उपभोक्ता र अबलोकन कर्ताको आग्रहलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले मेलाको समय अवधि तीन दिन थप गर्ने निर्णण गरेको महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले बताए ।

गत फागुन ५ गतेदेखि सञ्चालित महोत्सव अब फागुन १८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा सुप्रशिद्ध राष्ट्रिय कलाकारहरु दिपक बज्राचार्य,प्रमोद खरेल, गिरिस खतिवडा, रचना रिमाल र जी– बबको साङ्गितिक प्रस्तुति रहने महोत्सव समितिका सचिव कुशल खतिवडाले जानकारी दिए ।

आयोजक समितिका अनुसार फागुन १६ गते जी–बव र रचना रिमाल, १७ गते दिपक बज्रचार्य तथा १८ गते प्रमोद खरेल र गिरिस खतिवडाको प्रस्तुति रहने छ । महोत्सवको समयअवधि थपका लागि जिल्ला प्रशासन कार्यालय झापा र बिर्तामोड नगरपालिकासंग समन्वय गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु