मेचीनगर २ स्थित शिव पाञ्चायन मन्दिरमा भक्तजनहरुको घुइचो

2023-03-01 मा प्रकाशित

बाहुनडाँगी । मेचीनगर –२ स्थित शिव पाञ्चायन मन्दिरमा आयोजित श्रीमद् भागवत महापुराणमा भक्तजनहरुको घुइचो बढेको छ ।
फागुन १२ गते शुक्रबारदेखि सुरु भएको पुरानमा हरेक दिन भक्तजनहरुको संख्या बढ्दै गएको पुराण आयोजक समितिका सचिव धर्मानन्द निरौलाले जानकारी दिए । धर्मसंस्कृतिको संरक्षण गर्न तथा शिवपाञ्चायन मन्दिर निर्माणर्थ आयोजित पुराणमा स्थानीय तथा बिभिन्न क्षेत्रबाट सहभागि भक्तजनहरुले सहयोग गरिरहेको सचिव निरौलााले जानकारी दिए । भक्तजनहरुले नगद तथा जग्गा समेत उपलब्ध गराइरहेको उनले बताए ।

सुरुमा हामीलाई निक्कै डर थियो, आयोजक समितिका सचिव निरौलाले भने , ‘ मन्दिर निर्माणको लागि सबै क्षेत्रको सहयोग छ । हाल सम्म आठ लाख नगद तथा ५० मन बढी धान संकलन भइसको उनको भनाई छ ,
आयोक समितिले पुराण सफलपार्न मन्दिर समितिकी अध्यक्षको गीता शिवाकोटीको संयोजकत्वमा १५१ सदस्यीय पुराण आयोजक मूल समिति तथा बिभिन्न उपसमिति गठन गरेर प्रचार प्रसारलाई तीब्र पारेको थियो । समाजमा धार्मिक जागरण ल्याउन र पुराणबाट संकलित रकमबाट निर्माणाधीन शिव पाञ्चायन मन्दिरको निर्माणकार्य पुरागर्ने पवित्र उद्देश्यका साथ पुराण आयोजना गरिएको मन्दिर तथा पुराण आयोजक मूल समितिकी अध्यक्ष गीता शिवाकोटीले बताइन् ।

सात दिवसीय महापुराणमा व्यासाचार्य पं. मुकुन्द नेपालल र उपवाचक पं. लक्ष्मीरमण खतिवडाले संगीतमय कथा बाचन गरिरहेका छन् । हरेक साँझ भजन किर्तत तथा झाँकी प्रदर्शन गरिदै आएको छ ।
स्थानीय समाजसेवी ठाकुर प्रसाद शिवाकोटीले १ कठ्ठा र सदानन्द मिश्रले २ धुर जमिन निशुल्क प्रदान गरेपछि २०७४ सालमा शिव पाञ्चायन मन्दिर निमार्ण सुरु गरिएको सो मन्दिर आर्थिक अभावका कारणहाल सम्म निर्माण कार्य सुरा हुन सकेको छैन् ।
पुराणको अवसरमा जग्गादाता शिवाकोटीले थप डेड कठ्ठा जमिन प्रदान गरेका छन् । भने प्रेम सिवाकोटीले र तेजप्रसाद सिवाकोटीले १० धुर तथा पहिले जग्गा प्रदान गर्नु हुने सडानन्द मिश्रले थप ३ धुर जमिन निशुल्क प्रदान गरेको आयोजक समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु