बाँसबारी सामुदायिक वनको अध्यक्षमा प्रसाई र तामाङबीच प्रतिष्पर्धा हुने

2023-03-02 मा प्रकाशित

मेचीनगर, १७ फागुन । बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा अम्बिका मैनाली प्रसाईं र भक्त तामाङ बीच प्रतिष्पर्धा हुने भएको छ । प्रसाईं नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएकी छिन् भने तामाङले नेपाली काँग्रेस समूहबाट अध्यक्ष पदमा उम्मेद्वार बनेर चुनावी मैदानमा होमिएका छन् ।
निर्वाचन यही फागुन २० गते शनिबार निर्वाचन हुँदैछ।

नयाँ समितिका लागि उपभोक्ताहरु अलग–अलग समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । एकातिर एमाले निकट समूह र अर्कोतिर काँग्रेस, माओवादी, राप्रपा निकट लगायतको समूह चुनावी मैदानमा उत्रिएको हो ।

वन समूहको १२ सदस्यीय पदका लागि हुने निर्वाचनमा एमालेबाट समूहबाट उपाध्यक्ष पदमा यशोदा डाँगी, सचिवमा कृष्णप्रसाद भट्टराई, कोषाध्यक्षमा सुनिल राजवंशी र सहसचिवमा नरेन्द्र राईको उम्मेद्वारी रहेको छ ।

यस्तै, सदस्य पदमा सुर्जन कवर, झुमा भेटवाल, दिना बराइली, सागर अधिकारी, विष्णुबहादुर पन्त र विमला चापागाईंको उम्मेद्वारी परेको छ । सदस्य पदमा गीता कवर भने निर्विरोध निर्वाचित भइसकेकी छिन् । भुनावी अभियानलाई तीब्र बनाएको एमालेले एक कार्यक्रम आयोजना गरेर उम्मेदवारहरुलाई जीतको लागि अग्रीम शुभकामना समेत दिएको छ ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा बाग्मती प्रदेशका पूर्व प्रमुख विष्णु प्रसाईं, वन समूहका पूर्व अध्यक्ष शम्भू रावजंशी, परिमल ग्वाल, एमाले मेचीनगर–११ का वडा कमिटी अध्यक्ष सागर ओली, इन्चार्ज सन्तोषकुमार मेचे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बाँसवारी वन समूहले सञ्चालन गरेको पर्यटकीय क्षेत्रको विकास र संरक्षणका लागि दुवै समूह उपभोक्ताको घरदैलोमा मत मागिरहेका छन् । सो वन समूहमा ४८२ उपभोक्ता घरधुरी रहेका छन् । एक उपभोक्ता घरधुरीबाट दुई जनाले मतदान गर्न पाउने छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु