‘झापा नेशनल स्कुलले रोबोटटिक्स फेयर’ प्रदर्शन गर्ने

2023-03-11 मा प्रकाशित

मेचीनगर । मेचीनगर–७ स्थित झापा नेशनल स्कुलले आगामी चैत ३ र ४ गते आफ्नो १२औँ बार्षिकोत्सवको अवसरमा ‘रोबोटटिक्स फेयर’ प्रदर्शनी गर्ने भएको छ ।

विद्यालयले पत्रकार सम्मेलन आयोजना गरेर सो कुराको जानकारी गराएको हो । इटाभट्टामा आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल कमल भेटवालले

आगामी चैत ३ र ४ गते कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुले कोडिङ, ईलेक्ट्रिक तथा मेकानिकल पाटर्सबाट बनाएका रोबोटका २० वटा भन्दा बढी प्रकारका वस्तुहरु प्रत्यक्ष अवलोकन गराउने बताए ।

प्रदर्शनीमा राखिने रोबोटलाई मोवाइल, रिमोट तथा अन्य वस्तुको सेन्सरबाट सञ्चालन गर्न सकिने प्रिन्सिपल भेटवालको भनाई छ ।

प्रदर्शनीमा राखिने रोबोटका विषयमा स्कुलका ५ जना विद्यार्थीले जानकारी गराउने स्कुलले जनाएको छ । झापामा सायद पहिलो पटक ‘रोवर्डटिक्स फेयर’ प्रदर्शनी गर्न लागिएको भेटवालको दावी छ । २ वर्षदेखि स्कुलमा रोबोटटिक्सका बारेमा कक्षा नै सञ्चालन भईरहेको उनले बताए ।

विद्यार्थीलाई पढाईमा मात्र ध्यान नदिएर खेलकुद तथा अतिरक्ति क्रियाकलापमा पनि समावेश गराउने उद्देश्यले रोबोटटिक्सको कक्षा पनि सञ्चालन गरिएको भेटवालले बताए ।

बार्षिकोत्सवको अवसरमा चैत ३ र ४ गते औपचारिक कार्यक्रमका साथै नित्य, रोबोटटिक्स फेयर’ प्रदर्शनी , विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार, मेडल र प्रमाणपत्र समेत वितरण गरिने छ ।

मेचीनगरका सामुदायिक तथा संस्थागत विद्यालयहरुका विद्यार्थी तथा अभिभावकहरुले निःशुल्क ‘रोबोटटिक्स फेयर’ प्रदर्शनी प्रत्यक्ष हेर्न पाउने छन् ।

पत्रकार सम्मेलनको सञ्चालन झापा नेशनल स्कुलका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु