झापामा २६जना आन्दोलनकारी पक्राउ

2023-03-12 मा प्रकाशित

झापा । कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै बन्द गराउँदै हिँड्ने २६ जना बन्दकर्तालाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको मेचीनगर, चाराआली, बिर्तामोड, दमक, केर्खालगायत क्षेत्रबाट २६ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

राजमार्ग र मुख्य बजार क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरी बन्दकर्तालाई नियन्त्रण लिइरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए । उनले पूर्वाञ्चलसंग कुरा गर्दै भने– ‘जबरजस्ती रुपमा बन्द गराउदै हिड्नेहरुलाई धमाधम नियन्त्रण गरिरहेका छौं । बन्द कर्ताको अवस्था तथा प्रदेशको निर्देशन बमोजिम उनीहरुलााई बेलुकासम्म छोड्छौं ।’ तोडफोडमा संलग्नहरुलाई भने कानुन अनुसार कारबाही गर्ने उनले बताए  ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु