विद्यार्थीको पक्षमा उभिएका विशाल

2023-03-13 मा प्रकाशित

मेचीनगर । चैत ५ गते हुन गइरहेको काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा सभापति पदमा विशाल तामाङ उठेका छन् । नेपाल विद्यार्थी संघमा सक्रिय मेचीनगर–१, देवीगञ्ज निवासी तामाङ बीएड पहिलो वर्षमा अध्ययनरत । सानै उमेरबाट राजनीतिमा सक्रिय भएर लागिरहेका विशाल विद्यार्थीको हकहितका पक्षमा ठिङ्ग उभिने गरेका छन् । २०७० सालदेखि नेपाली कांग्रेसको राजनीति सुरु गरेका विशाल युवामाझ लोकप्रिय छन् । विद्यार्थीको समस्यामा सदैव उभिने विशाल स्ववियु निर्वाचन जित्ने आधार यही भएको बताउँछन् । ग्रामीण क्षेत्रबाट विद्यार्थी नेताको पहिचान बनाएका विशालले पढाईसँगै सामाजिक क्षेत्रमा आफूलाई क्रियाशील बनाएका छन् । सामाजिक संघसंस्थामा बसेर उनले सकारात्मक भूमिका निर्वाह गरेका छन् । लागू औषध विरुद्ध विशालले बाहुनडाँगी क्षेत्रमा सचेतता अभियान नै छेडे । उनले लागू औषध दुव्र्यसनीमा फँसेका कयौँ युवालाई नयाँ जीवन दिलाए । यति मात्रै होइन, उनले अन्य सामाजिक संस्थामा आफूलाई समर्पित गरेका छन् । रोट्रयाक अफ काँकरभिट्टा, नेपाल तामाङ घेदुङ संघ मेचीनगर सदस्य, अहिंसावादी युवा संघ झापा सदस्य, बाहुनडाँगी जेसीजको सदस्यको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरिसकेका छन् । स्ववियु निर्वाचनलाई विशालले अवसर र चुनौती दुवै रुपमा लिएका छन् । निर्वाचनमा होमिँदै गर्दा उनले विद्यार्थीका पक्षमा थुप्रै काम गर्नुपर्ने देखेका छन् । विद्यार्थी आन्दोलनलाई स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको उनी बताउँछन् । विद्यार्थी होस् या सामाजिक क्षेत्रमा नाम जस्तै विशाल बनेर उभिएका उनी चुनाव जित्नेमा ढुक्क छन् । उनी भन्छन्, ‘विद्यार्थीको दुःखसुख र आन्दोलनमा मैले सकेजति काम गरेको छु भन्ने लाग्छ । भोलिका दिनमा पनि म साथीहरुबीचमा आइपर्ने जस्तोसुकै समस्या समाधान गर्त दत्तचित्त भएर लाग्ने प्रण गर्दछु ।’

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु