मेची सामुदायिक प्रहरी सेवाकेन्द्र काँकरभिट्टाको अध्यक्षमा पत्रकार पौडेलको उम्मेद्वारी

2023-03-15 मा प्रकाशित

काँकरभिट्टा ÷ सामुदायिक प्रहरी सेवाकेन्द्र काँकरभिट्टको अध्यक्ष पदमा पत्रकार मुक्ति पौडेलले मनोनयन दर्ता गराएका छन् ।
आगामी चैत्र ७ गतेहुने निर्वाचनका लागि आध्यक्ष पदमा आफूले मनोनयन दर्ता गराएको बुधवार पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।
प्रेस क्लव मेचीनगरको कार्यलयमा आयोजित पत्रकार सम्मेनमा पत्रकार पौडेलले भने, ‘ हामी पत्रकारहरु सामाजिक क्षेत्रमा क्रियाशिल छौं । समुदायसँग सहकार्य गर्ने र भुइँ मान्छेहरुलाई न्याय दिनकैलागि मैले उम्मेद्वारी दिएको हुँ ।’


उनले कार्यसम्पादन राम्रो नहुँदा पछिल्लो समय सामुदायिक सेवाकेन्द्रको गरिमा खस्कदै गएको पनि बताए । हरेक तीन वर्षमा हुनुपर्ने निर्वाचन ७ वर्षमा हुँदै छ पौडेलले भने, यो  राजनीति भागबन्डा गर्ने थलो होइन् राम्रो काम सम्पादन गर्न सक्ने उम्मेदवारको खाँचो छ ।’ उनले त्यस कार्यको लागि आफू योग्य उम्मेद्वार भएको दावी गरे । हरेक दिन समुदायसँग जोडिएरै काम गरिरहेको छु । न्याय सम्पादन कसरी गर्नु पर्छ त्यो मलाई राम्रो हेक्का छ,पौडेलले भने ।
प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु