मेचीनगरमा मैत्री पूजा हुने

2023-03-17 मा प्रकाशित

मेचीनगर । मेचीनगरमा बिश्वशान्तिको कामना र नयाँ आउँदै गरेको हरियाली वनस्पतीको स्वागत गर्दै महा मै मैत्री पूजा आयोजना हुने भएको छ । बोधि श्रवण धर्म संघ जिल्ला शाखाको आयोजनामा चैत्र ८ गतेदेखि १० गतेसम्म ‘१८ औँ मै मैत्री दिवश एवम बिश्वशान्ति महा मै मैत्री पूजा प्रार्थना’ हुन लागेको हो । कोशी प्रदेश भरीका ९ जिल्ला र भारतका विभिन्न स्थानका समेत गुरुहरुको सहभागितामा मेचीनगर ६ स्थित रमाइलो गाउँमा यस भव्य पूजा आयोजना हुन लागेको आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइएको हो । ‘नयाँ पालुवा आउँदै गरेका वनस्पतीको स्वागत गर्दै मुक्ती, मोक्ष र उद्धारको कामना स्वरुप हामीले यस पूजा प्रार्थना गर्न लागेका हौँ ।’ पत्रकार सम्मेलनमा पूजा बारे जानकारी गराउँदै बोधि श्रवण धर्म संघका केन्द्रिय सदस्य फुर्वा तामाङले भन्नुभयो ‘झापा सहित कोशी प्रदेशका ९ जिल्ला तथा सिक्किम, दार्जिलिङ्ग लगायतका गुरुहरु कार्यक्रममा आउनुहुनेछ ।’ उहाँका अनुसार यस महा मै मैत्री पूजा प्रार्थना देशभरीका १२ स्थानमा भइरहेको छ । यस पूजा प्रार्थनाको मुल उद्देष्य नै आपसी सद्भाव साट्ने, सबै जातजाती एक हौै कोहि फरक छैन भन्ने सन्देश दिने, बिश्वमा शान्ति स्थापनाका निम्त्ति कामना गर्ने रहेको उहाँले बताउनुभएको छ । ‘२०६२ सालबाट नितान्त आफ्नै मैत्री भाषा, आफ्नै संस्कार संस्कृति विकास गर्दै झापा सहित देशभरी नै हामीले हाम्रो धर्मलाई चिनाइरहेका छौँ ।’ केन्द्रिय सदस्य तामाङले भन्नुभयो ‘झापाका पनि सबै पालिकामा यस धर्ममा आवद्ध मानिसहरु हुनुहुन्छ ।’ मुक्ती, मोक्ष र उद्धारको कामना गर्दै विभिन्न क्षेत्रबाट आउनुभएका २१ जना महात्मा गुरुहरुले दिव्य प्रवचन दिनुहुने यस मै मैत्री पूजा प्रार्थनामा सबैले उपस्थिती जनाइदिएर साथ दिन बोधि श्रवण धर्म संघका झापा जिल्ला अध्यक्ष अनिल राईले आग्रह गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु